काठमाडौं– सालकको खपटासहित ललितपुर महानगरपालिका–१७ ग्वार्कोबाट दुईजना पक्राउ परेका छन् । ५ सय ग्राम तौल भएको सालकको खपेटासहित उनीहरुलाई प्रहरी पक्राउ गरेका हुन् ।
Advertisement
पक्राउ पर्नेहरूमा मकवानपुर बागमती गाउँपालिका–९ घर भई ललितपुर गोदावरी नगरपालिका–११ चापागाउँ बस्ने ३६ वर्षीय डगरमान डिमडुङ्ग र ललितपुर गोदावरी नगरपालिका–२ घर भई सोही नगरपालिका–७ थैव बस्ने ३५ वर्षीय सुरज तामाङ रहेका छन् ।
विशेष सूचनाको आधारमा जिल्ला प्रहरी परिसर ललितपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त तौलको खपेटासहित फेला पारी पक्राउ गरेको हो ।