काठमाडौं- सामाजिक सञ्जालको दुरूपयोग गरी ठगी गरेको अभियोगमा पर्वत मोदी गाउँपालिका-२ घर भएका २६ वर्षीय विश्व शर्मालाई बिहीबार प्रहरीले पक्राउ गरेको छ ।
Advertisement
सामाजिक सञ्जाल फेसवुकमा महिलाको नक्कली प्रोफाइल बनाई साथी बन्न सन्देश पठाएपछि उक्त अनुरोधलाई स्वीकार गरी वार्तालाप गर्दै जाँदा माया प्रेमको कुराकानी गर्नुका साथै विभिन्न बहाना बनाई पटक-पटक रकम माग गरेकोले विभिन्न बैङ्क खाताहरुबाट बैंङक खाताहरु तथा डिजिटल वालेटहरु मार्फत करिब ६० लाख रुपैयाँ पठाइ सक्दा समेत थप रकम माग गरेको भन्ने उजुरीको आधारमा साइबर व्यूरो भोटाहिटीबाट खटिएको प्रहरीले ठगीमा संलग्न उनलाई पर्वत मोदी गाउँपालिका-२ बाट पक्राउ गरेको हो ।