• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
आइतबार, साउन १०, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

टिपरको ठक्करबाट मृत्यु

मुगु कार्मारोङमा गएको पहिरोमा परी बालकको मृत्यु

लोकप्रिय समाचार

  • १. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • २. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ६. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ७. सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ९. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • १०. राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्छ : सञ्चारमन्त्री शर्मा


    Avatar photo
आइतबार, चैत २६, २०७९ मा प्रकाशित

सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले सरकारी निकायका लागि दक्ष जनशक्ति उत्पादन र व्यवस्थापनमा ध्यान दिनुपर्ने बताउनुुभएको छ । उहाँले सरकारी कार्यालयहरूमा दक्ष जनशक्ति भित्र्याउन समस्या भइरहेकाले जनशक्ति व्यवस्थापनमा विशेष ध्यान दिनुपर्ने अवस्था आएको बताउनुभयो ।

Advertisement

उच्चस्तरीय कार्यदलले तयार पारेको सरकारी एकीकृत डाटा केन्द्रबाट प्रवाह हुने सेवा सम्बन्धमा विस्तृत अध्ययन प्रतिवेदन आज ग्रहण गर्दै सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री शर्माले सूचना प्रविधिको क्षेत्रलाई सञ्चालन गर्ने जनशक्ति अभाव रहेको बताउनुभयो ।

“हामीसँग उपकरण छ तर दक्ष जनशक्ति छैन । त्यसले गर्दा ठूलो समस्या सिर्जना भएको छ । सरकारी निकायमा सूचना प्रविधिमा दक्ष जनशक्ति कसरी भित्र्याउने र भएको जनशक्तिलाई कसरी दक्ष बनाउने भन्ने चुनौती देखिएका छन् । त्यसमा हामीले प्राथमिकताका साथ गृहकार्य गर्नुपर्ने छ”, उहाँले भन्नुभयो ।

सूचना प्रविधि निरन्तर बदलिरहने क्षेत्र भएकाले त्यसमा कार्यरत जनशक्तिलाई नियमित तालिम प्रशिक्षणमार्फत बदलिँदो प्रविधिसँग ‘अपडेट’ गराउनुुपर्नेमा मन्त्री शर्माको जोड छ । भौतिक सुरक्षाजस्तै साइबर सुरक्षा पनि अनिवार्य पक्ष बन्न गएकाले सरकारले साइबर सुरक्षा कार्यक्रम सबै निकायमा लागू गरेर लैजाने योजना बनाएको उहाँले जानकारी दिनुुभयो । मन्त्री शर्माले प्रतिवेदनमा आएका विषयवस्तुलाई सरकारको आगामी नीति तथा कार्यक्रम र बजेटमा समेट्ने प्रतिबद्धतासमेत व्यक्त गर्नुभयो । साइबर सुुरक्षा धेरै नै महत्वपूर्ण भए पनि नेपाल त्यसमा पछाडि रहेको स्वीकार्दै उहाँले आफूले पद सम्हालेकै समयदेखि त्यसलाई महत्वका साथ लिएको बताउनुुभयो ।

मुलुक सञ्चालनका लागि राजस्व सङ्कलनदेखि राष्ट्रियताको रक्षा गर्नेसम्मका काममा सूचना प्रविधि महत्वपूर्ण रहेको र त्यसको सुरक्षा प्राथमिक ‘एजेन्डा’ भएकाले गत फागुन १५ गतेको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार गठन गरिएको उच्चस्तरीय कार्यदले २६ दिनमै प्रतिवेदन दिएको छ ।

मन्त्रालयका सचिव कृष्णबहादुुर राउतले साइबर सुरक्षा र सेवा प्रवाहलाई सहज बनाउन संरचनात्मक परिवर्तन आवश्यक रहेको बताउँदै प्रतिवेदनलाई योजनाबद्धरुपमा कार्यान्वयन गरिने प्रतिबद्धता व्यक्त गर्नुभयो । सेवा प्रवाहको माध्यम विद्युतीय भएकाले साइबर सुरक्षामा जोड दिनुपर्ने अवस्था आएको उहाँले स्पष्ट पार्नुभयो । उच्चस्तरीय समितिका संयोजक जुद्धबहादुर गुरुङले तत्कालीन र दीर्घकालीनरुपमा लागू गर्नेगरी प्रतिवेदनमा राय सुुझाव दिइएको बताउनुुभयो ।

समितिलाई साइबर सुरक्षाका क्षेत्रमा नीतिगत, कानुनी, संरचनागत र प्रक्रियागत सुझावसहित प्रतिवेदन तयार पार्ने कार्यादेश दिइएको थियो । सूचना प्रविधि विज्ञ गुरुङको संयोजकत्वमा रहेको कार्यदलको सदस्यमा विज्ञहरू बाबुराम दवाडी, सरोज लामिछाने, मोना न्याछो, प्रकाश रायमाझी र विजय गौतम रहनुुभएको थियो ।

कार्यदल सदस्यमा नेपाल प्रहरी र नेपाली सेनाका विज्ञहरू सदस्यका रुपमा रहनुुभएको थियो भने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रतिनिधिका रुपमा सहसचिव अनिलकुमार दत्त रहनुुभएको थियो ।

आइतबार, चैत २६, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?
विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !
राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन
झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

भर्खरै

  • १.
    केही प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

  • २.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • ३.
    गेटाको गाँठो : शक्ति केन्द्रहरूलाई किन असहज डा. केसीको माग ?

  • ४.
    विश्‍व घटना : थाइल्यान्ड र कम्बोडियाका पौने २ लाखले छाडे घरबार !

  • ५.
    राशिफल : मकर- शत्रु परास्त, कुम्भ- धन आर्जन

  • ६.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ७.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ८.
    टिपरको ठक्करबाट मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.