काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले सांसद ढाकाकुमार श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको छ।
Advertisement
मेडिकल व्यवसायी दुर्गा प्रसाईंसँग दुई करोड रुपैयाँ मागेको अडियो सार्वजनिक भएका सांसद श्रेष्ठलाई २४ घन्टे स्पष्टीकरण सोधेको हो।
रास्वपाका महामन्त्री मुकुल ढकालले एक विज्ञप्ति जारी गर्दै उक्त अडियोबारे पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएका छन्।
विज्ञप्तिमा भनिएको छ, ‘केन्द्रीय अनुशासन तथा आचरण समितिद्वारा यस सम्बन्धमा २४ घन्टाभित्र स्पष्टीकरण पेश गर्न श्रेष्ठलाई निर्देशन दिइएको छ।’
यस्तै, सत्यतथ्य छानबिन गरी ३ दिनभित्र केन्द्रीय समितिमा प्रतिवेदन पेश गर्न पार्टीको केन्द्रीय अनुशासन तथा आचरण समितिलाई पनि निर्देशन दिइएको छ।
