काठमाडौं- आज सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । २८.३१ अंकले घटेको बजार १८३८.४८ विन्दुमा आएको हो । यो १.५२ प्रतिशतको गिरावट हो ।
Advertisement
आज कारोबार रकम भने १ अर्ब नाघेको छ । २६८ धितोपत्रको २९ हजार २३९ वटा कारोबारबाट ३८ लाख ४३ हजार ७१३ कित्ता सेयर किनबेच भएको छ । आज १ अर्ब १५ करोड ९४ लाख ४८ हजार ४११ रुपैयाँको कारोबार भएको छ ।