काठमाडौं- प्रधानमन्त्री एवम् नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले सचिव लेखराज भट्टको निवासमा पुगेका छन्। कञ्चनपुरको एक कार्यक्रममा सहभागी हुन जाने क्रममा प्रचण्ड भट्ट निवास पुगेका हुन् ।
Advertisement
उनीहरुबीच भेटवार्ता भएको छ । पूर्वमाओवादी नेता भट्ट नेकपा भंग भएपछि एमालेतिर लागेका थिए ।
प्रचण्ड नजिक रहेर लामो समय सक्रिय रुपमा काम गरेका नेता हुन्, भट्ट। एक समय प्रचण्डका विश्वास पात्र भट्टले नै सुदूरपश्चिममा माओवादीको जग बसालेका थिए।
सम्पन्न घरानाबाट प्रतिनिधित्व गर्ने उनले प्रचण्डलाई सुदूरपश्चिममा बलियो साथ दिए। माओवादी सशस्त्र युद्धताका सुदूरपश्चिमको नेतृत्व उनैले गरेका थिए।
त्यसबेला प्रचण्ड यस क्षेत्रमा आउँदा भट्टकै घरमा बस्ने, खाने गर्थे। त्यसैले उनीहरुको सम्बन्ध प्रगाढ थियो।
