काठमाडौं- प्रधानमन्त्री एवम् पुष्पकमल दाहाल प्रचण्ड सुदूरपश्चिम पुगेका छन्। उनी बुद्ध एयरको नियमित उडानमार्फत् आज बिहान धनगढी हुँदै कञ्चनपुर प्रस्थान गरेका हुन्।
Advertisement
सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा भाग लिन उनी कञ्चनपुर गएको उनको सचिवालयले जनाएको छ।
साथै प्रचण्डले केही राजनीतिक भेटघाट र पार्टी निकट नेताहरुसँग छलफल गर्ने कार्यक्रम छ ।