काठमाडौं- नेपाल राष्ट्र बैंकले आजका लागि अमेरिकी डलर १ को खरिदमा १३० रुपैयाँ ७२ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३२ पैसा तय गरेको छ।
यस्तै, युरो आज खरिदमा १४२ रुपैयाँ ६५ पैसा र बिक्रीमा १४३ रुपैयाँ ३१ पैसा तय गरिएको छ। बेलायती पाउन्ड स्टर्लिङ आज खरिदतर्फ १६२ रुपैयाँ ६२ पैसा र बिक्रीदर १६३ रुपैयाँ ३६ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८७ रुपैयाँ ३८ पैसा र बिक्रीमा ८७ रुपैयाँ ७८ पैसा, क्यानेडियन डलर खरिदमा ९६ रुपैयाँ ८२ पैसा र बिक्रीमा ९७ रुपैयाँ २६ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ २९ पैसा र बिक्रीमा ९८ रुपैयाँ ७४ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीमा ९ रुपैयाँ ९७ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ ३ पैसा र बिक्रीमा १९ रुपैयाँ १२ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८४ पैसा र बिक्रीमा ३५ रुपैयाँ, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९२ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ६९ पैसा र बिक्रीमा २९ रुपैयाँ ८३ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९७ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ ८ पैसा र बिक्रीमा ४२८ रुपैयाँ ३ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ७६ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ३५ पैसा तय गरिएको छ।