• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, साउन ०९, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

लागुऔषधसहित दुई जना पक्राउ

सिलिण्डर विष्फोट हुँदा एकको मृत्यु, एक जना गम्भीर घाइते

लोकप्रिय समाचार

  • १. राशिफल : वृष- कर्मयोगमा वृद्धि, सिंह- पारिवारिक जमघट

  • २. राशिफल : कन्या- आतिथ्य सम्मान, मकर- मित्रता बढ्ने

  • ३. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ४. राशिफल : कन्या- मुद्दा-मामिलामा विजयी, मकर- सुखद समाचार

  • ५. राशिफल : कन्या- विशेष उपहार, धनु- मिष्‍ठान्‍न भोजन

  • ६. झटारो : चर्पीको बाटोमा क्रान्तिको गाडी !

  • ७. ‘एक नेता, अनेक दाबी!’ सुदूरपश्चिममा मुख्यमन्त्रीको दौड, आफ्नै दलभित्र विश्वासको संकट

  • ८. रक्त अभाव टार्न कैलालीमा दोश्रो घुम्ती रक्तदान, ४२ युनिट रगत संकलन

  • ९. स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • १०. राशिफल : कर्कट- रमाइलो जमघट, मीन- अवसर प्राप्ति

जेम्सवेबले देख्यो हालसम्मकै टाढाका आकाशगंगा


    Avatar photo
शनिबार, चैत २५, २०७९ मा प्रकाशित

वासिङ्टन- जेम्सवेब स्पेस टेलिस्कोपले अहिलेसम्म देख्‍न नसकिएका चारवटा आकाशगंगाहरूका विवरण लिएको छ। यी आकाशंगाहरू धर्तिबाट अहिलेसम्म देख्‍न सकिएको थिएन।

Advertisement

ती आकाशगंगाहरू बिगब्याङको करिब ३२ करोड वर्षपछि निर्माण भएको खगोलविदहरूको अनुमान छ। त्यतिबेला ब्रह्माण्ड आफैं प्रारम्भिक चरणमै थियो।

जेम्सवेब टेलिस्कोप गत वर्षदेखि सञ्‍चालनमा आएको छ, जसले वैज्ञानिक खोजीमा एउटा धार नै बदलिदिएको छ। उक्त टेलिस्कोपले हालसम्मकै सबैभन्दा टाढाका वस्तुको विवरण संकलन गरिरहेको छ। हालसम्मकै सर्वाधिक टाढाका वस्तुको विवरण यसले संकलन गरिरहेको छ।

जबसम्म सबैभन्दा टाढाका आकाशगंगाको प्रकाश पृथ्वीसम्म आइपुग्छ, त्यतिन्जेलमा ब्रह्माण्ड अझ बढी विस्तारित भइसकेको हुन्छ। र, प्रकाश स्पेक्ट्रमको इन्फ्रारेड क्षेत्रमा स्थानान्तरित हुन्छ। वेब टेलिस्कोपको ‘एनआईआर क्याम’ उपकरणमा ती प्रकाश पत्ता लगाउने अभूतपूर्व क्षमता छ। त्यसबाट खगोलविदहरूलाई ब्रह्माण्डबारे थप खोजी गर्न मद्दत पुगिरहेको छ।

नेचर एस्ट्रोनोमी जर्नलमा प्रकाशित दुई अध्ययनअनुसार खगोलविदहरूले ती चारवटा आकाशगंगा देखेका छन्। र, तिनको दृश्य स्पष्‍ट ढंगबाट देखिएको छ। १३ अर्ब वर्षअघि पहिलो बिगब्याङको ३०० देखि ४०० मिलियन वर्षपछि आकाशगंगाहरू बन्‍न थालेको अनुमान छ।

एस्ट्रोफिजिक्स इन्स्टिच्युट अफ पेरिसका शोधकर्ता तथा यी दुई अध्ययनमा सहभागी स्टिफन चार्लोटका अनुसार यी चार आकाशगंगालाई ‘जेडईएस-जीएस-जेड १३-०’ नाम दिइएको छ। र, यी बिगब्याङको ३२ करोड वर्षपछि बनेको अनुमान छ। र, अहिलेसम्म खगोलविदहरूले देखेका सबैभन्दा टाढाका वस्तु हुन् यी।

यो टेलिस्कोपले पनि ‘जेड्स-जीएस-जेड१०-०’ आकाशगंगाको अस्तित्व पुष्‍टि गरेको छ, जो हब्बल टेलिकोस्पले देखेको थियो। यो आकाश गंगा बिगब्याङको ४५ करोड वर्षपछि निर्माण भएको अनुमान छ।

चार्लोटका अनुसार यी चारवटा आकाशगंगाको द्रव्यमान साह्रै कमजोर छ। यिनीहरूको वजन करिब एक सय मिलियन सौर्य द्रव्यमान मात्र छ। हाम्रो आकाशगंगाको वजन १.५ ट्रिलियन सौर्य द्रव्यमान बराबर भएको अनुमान छ।

तथापि, आकाशगंगाहरू आफ्नो अनुपातमा ताराहरूको निर्माणमा सक्रिय देखिन्छन्। यसअघि गत फेब्रुअरीमा खगोलविदहरूले पत्ता लगाएका ६ वटा विशाल आकाशगंगाहरूको खोजीले हालसम्म मानकमाथि नै प्रश्‍न खडा गरेको थियो। र, अन्तरिक्ष अध्ययनमा हालसम्मको मानक मोडलमा परिवर्तनको आवश्यकता देखिएको थियो।

येल विश्‍वविद्यालयका खगोलशास्त्री पिटर ब्यान डोक्कमको भनाइमा यी आकाशगंगाहरूको खोजी अघिसम्म ब्रह्माण्डको करिब ३०० मिलियन वर्षको अस्पष्‍ट इतिहास थियो। र, अब जेम्स वेब टेलिस्कोपले बिगब्याङको नजिकसम्मको खोजी गर्ने आशा पलाएको छ।

शनिबार, चैत २५, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

दुई सय वर्षअघि गल्तिमै भएको थियो सलाईको आविष्‍कार !
नयाँ अन्तरिक्ष केन्द्र स्थापना गर्ने फिनल्याण्डको घोषणाा
सामाजिक सञ्‍जाल ह्‍याक हुन नदिन कस्तो पासवर्ड ?
पुरानो मोबाइल बेच्दै हुनुहुन्छ ? ब्ल्याकमेलिङमा पर्नु होला !
वैज्ञानिकले फेला पारे पृथ्वीजस्तै ग्रह, जीवनको सम्भावना कति ?
नासाद्वारा सबैभन्दा टाढाको आकाशगंगा फेला पारेको दाबी

भर्खरै

  • १.
    यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

  • २.
    सुदूरपश्‍चिममा सत्ता खेल : मुख्यमन्त्री बन्‍ने रहर सबैलाई, आफ्नै सांसदको छैन भर कसैलाई !

  • ३.
    झटारो : कर काठमाडौंमा, चर्चा साँडेपानीमा !

  • ४.
    विश्‍व घटना : मंगलमा जमिन मुनि भेटियो ताल !

  • ५.
    राशिफल : वृष- भ्रमण, सिंह- रमाइलो यात्रा

  • ६.
    स्वास्थ्यमा धनगढीको फड्को, आधुनिक उपचार अब आफ्नै शहरमा

  • ७.
    मालीका पूर्व गुप्तचर प्रमुखलाई १५ वर्ष कैद

  • ८.
    लागुऔषधसहित दुई जना पक्राउ

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.