काठमाडौं- नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले वरिष्ठ पत्रकार किशोर नेपाललाई आदर्श पत्रकारिता पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ। पुरस्कारको राशि १ लाख १ हजार १११ रुपैयाँ छ।
Advertisement
शाखाको बिहीबार बसेको कार्यसमिति बैठकले आगामी शनिबार हुने २३ औं साधारणसभामा शाखाका संस्थापक अध्यक्षसमेत रहेका नेपाललाई उक्त पुरस्कार हस्तान्तरण गर्ने निर्णय गरेको हो। उनी पत्रकार महासंघ केन्द्रीय समितिका पूर्वअध्यक्ष पनि हुन्।
शंखरापुर नगरपालिकामा ३-४ चैतमा सम्पन्न बैठकले सो पुरस्कार स्थापना गर्ने निर्णय गरेको काठमाडौ शाखाका कार्यसमिति सदस्य रमेशकुमार बोहराले जानकारी दिए। उनका अनुसार बिहीबारको कार्यसमिति बैठकले यस वर्षको पुरस्कार संस्थापक अध्यक्ष नेपाललाई प्रदान गर्ने निर्णय गरेको हो।