काठमाडौं- आजका लागि डलर र युरोको भाउमा झै गिरावट आएको छ। हिजो बिहीबार अमेरिकी डलर खरिदमा १३० रुपैयाँ ९१ पैसा र बिक्रीमा १३१ रुपैयाँ ५१ पैसा रहेकामा आजका लागि खरिदमा १३० रुपैयाँ ७२ पैसा र बिक्रीमा १३१ रुपैयाँ ३२ पैसा तय भएको छ।
यस्तै, युरो हिजो खरिदमा १४३ रुपैयाँ २२ पैसा र बिक्रीमा १४३ रुपैयाँ ८७ पैसा रहेकामा आज खरिदमा १४२ रुपैयाँ ५२ पैसा र बिक्रीमा १४३ रुपैयाँ १८ पैसा तय भएको छ।
बेलायती पाउन्ड स्टर्लिङ आज खरिदतर्फ १६२ रुपैयाँ ८७ पैसा र बिक्रीदर १६३ रुपैयाँ ६२ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८७ रुपैयाँ ४७ पैसा र बिक्रीमा ८७ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ २ पैसा र बिक्रीमा ९७ रुपैयाँ ४७ पैसा, सिंगापुर डलर खरिदमा ९८ रुपैयाँ ३५ पैसा र बिक्रीमा ९८ रुपैयाँ ८० पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ९५ पैसा र बिक्रीमा ९ रुपैयाँ ९९ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ १ पैसा र बिक्रीमा १९ रुपैयाँ ९ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३४ रुपैयाँ ८५ पैसा र बिक्रीमा ३५ रुपैयाँ १ पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५ रुपैयाँ ७७ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ५९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ७६ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ७२ पैसा र बिक्रीमा २९ रुपैयाँ ८५ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा ९ रुपैयाँ ९० पैसा र बिक्रीतर्फ ९ रुपैयाँ ९५ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२६ रुपैयाँ १० पैसा र बिक्रीमा ४२८ रुपैयाँ ६ पैसा तथा बहराइनको दिनार खरिदमा ३४६ रुपैयाँ ७२ पैसा र बिक्रीमा ३४८ रुपैयाँ ३२ पैसा तय गरिएको छ।