काठमाडौं- सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक भएको छ ।आज सिंहदरबारमा एक कार्यक्रम गरी सरकारका प्रवक्ता रेखा शर्माले सरकारको सरकारको प्राथमिकता र साझा न्यूनतम कार्यक्रम सार्वजनिक गरेकी हुन् ।
कार्यक्रममा देशलाई दिगो शान्ति, सुशासन, विकास र समृद्धिका लागि कटिवद्ध रहँदै यो कार्यक्रम ल्याएको उनले बताएकी छिन् ।
उनले गठबन्धन सरकारले देशको अर्थतन्त्र रुपान्तरण र सुदृढ गर्न नीतिगत र कार्यगत सुधार गर्ने प्रण गरेको बताइन् । त्यस्तै, समाजमा रहेका सबै प्रकारका भेदभावको अन्त्य गर्दै समता र सामाजिक न्यायमा आधारित सामाजिक व्यवस्था निर्माण गर्ने कार्य समेत संयुक्त गठबन्धन सरकारको प्राथमिकतामा रहेको बताइन् ।
मस्यौदा कार्यदलमा नेपाली कांग्रेसबाट रमेश लेखक, माओवादी केन्द्रबाट शक्तिबहादुर बस्नेत, जसपाबाट राजेन्द्रप्रसाद श्रेष्ठ र नेकपा (एस) बाट डा. विजय पौडेल सदस्य रहेका थिए।
उनीहरुले मस्यौदा तयार गरी सत्ता गठबन्धन दलको बैठकमा प्रस्तुत गरेपछि आज विहान बसेको बैठकले पारित गरेको थियो ।
पूर्णपाठ :