मेष- गलत व्यक्तिको संगतले समस्या परिएला। चोटपटक लाग्ने भय पनि छ। बुद्धिको उपयोगले महत्त्वपूर्ण काममा सफलता मिल्ला।
वृष- आजको दिन परिश्रमअनुसार फल नपाइएला। आर्थिक संकट पनि पर्न सक्छ। आफन्तजनसँग विवाद हुन सक्छ, होसियार रहनु उत्तम हुनेछ।
मिथुन- बेरोजगारलाई रोजगारी र रोजगारीमा रहेकाहरूको बढुवा या तलब बढ्न सक्छ। व्यापार, व्यवसाय सामान्य नै रहला।
कर्कट- आजको दिन अध्ययन, अध्यापन सफल रहला। आकस्मिक धनलाभको योग पनि छ। परिवारमा शारीरिक पीडाको सम्भावना रहेकाले उपचारमा खर्च हुन सक्छ।
सिंह- शैक्षिक क्षेत्र सफल रहला। व्यवसाय पनि सामान्य नै रहला। आजको दिन विवाद बढ्ने योग रहेकाले बोल्दा विचार पुर्याउनु उत्तम हुनेछ।
कन्या- आजको दिन खर्चिलो रहेकाले अनावश्यक खर्चबाट बच्नु उत्तम हुनेछ। रोगले सताउने भएकाले उपचारमा खर्च हुन सक्छ। काम अवरुद्ध हुने सम्भावना पनि छ।
तुला- मिहिनेतको फल प्राप्त हुनेछ, आजको दिन। दाम्पत्य जीवन सुखमय रहला। टाढा, नजिक जस्तो भए पनि यात्रा लाभदायक रहला। नयाँ काममा हात हाल्ने समय छ।
वृश्चिक- आजको दिन रमाइलोसँग बित्ने सम्भावना छ। धर्मकर्ममा रुचि जाग्ला। पारिवारिक सुख प्राप्त हुनेछ। अधुरा कामहरू पूर्णतातिर अगाडि बढ्दा मनमा सन्तोष हुन सक्छ।
धनु- अचल सम्पत्ति आर्जन हुने सम्भावना छ, आजको दिन। अनावश्यक यात्रामा निस्किने धृष्टता नगर्नु नै वेश होला। साझेदारी व्यवसायमा विवाद हुन सक्छ।
मकर- लगानीको तुलनामा कम फाइदा हुँदा मन खिन्न रहला। प्रेम र मित्रता बढ्ने सम्भावना छ। अनावश्यक विषयमा चासो नदिनु नै उत्तम हुनेछ। भनिन्छ नि, नजाने गाउँको बाटो नसोध्नु !
कुम्भ- आजको दिन वादविवाद हुन सक्ने भएकाले बोल्दा अत्यन्तै सावधानी आवश्यक छ। तथापि, विभिन्न चुनौति पन्छाउँदै आफ्नो पक्षमा माहोल बनाउन सकिएला।
मीन- बेरोजगारलाई रोजगारी र रोजगारीमा हुनेहरूलाई बढुवाको सम्भावना देखिन्छ। लगनशील र मिहिनेति स्वभावका कारण राम्रो उपलब्धी हासिल हुन सक्छ। आम्दानीका स्रोत बढ्न सक्छन्।