काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरुले सङ्घीय शिक्षा ऐन, सङ्घीय कर्मचारी ऐनलगायतका महत्वपूर्ण ऐन निर्माणमा ध्यान दिन सरकारको ध्यानकर्षण गराएका छन्।
प्रतिनिधिसभाको आजको बैठकमा विशेष समयमा बोल्दै सांसदहरुले सङ्घीय संसद्मा थारुको उचित प्रतिनिधित्व हुन नसकेकाले तत्काल ती ऐन ल्याउन आग्रह गरेका हुन्। यस्तै, सांसदहरुले प्रतिनिधिसभाको बैठकमा उठाइएका विषयको समाधानका लागि सभामुखमार्फत सरकारको ध्यानकर्षण पनि गराएका छन्।
बैंक तथा वित्तीय संस्थाले मनलाग्दी तवरले ब्याज लिएर ऋणीलाई दुःख दिएको, किस्ता रोकिएकामा हर्जनासमेत जोडेर समस्यामा पारेकाले उनीहरुलाई कानुन अनुसार कारबाही गर्नुपर्ने एक सांसदले बताए।
बैठकमा सांसदहरु रामनाथ अधिकारी, विद्या भट्टराई, तेजुलाल चौधरी, ईश्वरी घर्ती, ऐनबहादुर शाही, वासुदेव घिमिरे, शान्ति चौधरीललगायतले आ–आफ्ना धारणा राखेका थिए।