काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लब र साविक विजेता मछिन्द्र फुटबल क्लबले बराबरी खेलेका छन् ।
Advertisement
एन्फा कम्प्लेक्समा आज हिमालयन र मछिन्द्रले १-१ गोलको बराबरी खेलेका हुन् । खेलको इन्जुरी समयमा विमल घर्ति मगरले गोल गरेपछि मछिन्द्र हारबाट जोगिएको हो ।
त्यसअघि सत्यम शर्माले गोल गर्दै हिमालयनलाई सुरुआती अग्रता दिलाएका थिए ।