काठमाडौं- सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा थ्री स्टार क्लबले त्रिभुवन आर्मी क्लबलाई पराजित गरेको छ ।
Advertisement
च्यासल मैदानमा आज भएको खेलमा थ्री स्टारले आर्मीलाई १-० गोल अन्तरले हराएको हो । थ्री स्टारको जितमा अजयी मार्टिन्सले निर्णायक गोल गरे ।
जितसँगै थ्री स्टारले ६ खेलमा १० अंक जोडेको छ । आर्मीले ६ खेलमा ८ अंक जोडेको छ ।