काठमाडौं- नेपाल राष्ट्र बैंकका अनुसार बुधबारका लागि अमेरिकी डलर खरिदमा १३१ रुपैयाँ ४४ पैसा र बिक्रीमा १३२ रुपैयाँ ४ पैसा तय गरिएको छ।
यस्तै, युरो आजका लागि खरिदतर्फ १४३ रुपैयाँ ५३ पैसा र बिक्रीतर्फ १४४ रुपैयाँ १९ पैसा तय भएको छ। बेलायती पाउन्ड स्टर्लिङ खरिदतर्फ १६४ रुपैयाँ ३१ पैसा र बिक्रीदर १६५ रुपैयाँ ६ पैसा तय गरिएको छ।
अस्ट्रेलियन डलर १ को खरिदमा ८८ रुपैयाँ ८१ पैसा र बिक्रीमा ८९ रुपैयाँ २२ पैसा, क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ९७ पैसा र बिक्रीमा ९८ रुपैयाँ ४२ पैसा, सिंगापुर डलर खरिदमा ९९ रुपैयाँ १३ पैसा र बिक्रीमा ९९ रुपैयाँ ५८ पैसा तथा जापानी येन १० को खरिदमा ९ रुपैयाँ ८९ पैसा र बिक्रीमा ९ रुपैयाँ ९३ पैसा तय गरिएको छ।
चिनियाँ युआन १ को खरिदमा १९ रुपैयाँ १० पैसा र बिक्रीमा १९ रुपैयाँ १८ पैसा तय गरिएको छ।
साउदी रियाल खरिदमा ३५ रुपैयाँ ४ पैसा र बिक्रीमा ३५ रुपैयाँ २० पैसा, कतारी रियाल खरिदमा ३५ रुपैयाँ ९६ पैसा र बिक्रीमा ३६ रुपैयाँ १२ पैसा, यूएईको दिराम १ को खरिदमा ३५ रुपैयाँ ७९ पैसा र बिक्रीमा ३५ रुपैयाँ ९५ पैसा तय भएका छन्।
मलेसियाको रिंगिट १ को खरिदमा २९ रुपैयाँ ८३ पैसा र बिक्रीमा २९ रुपैयाँ ९७ पैसा, दक्षिण कोरियाली वन १०० को खरिदमा १० रुपैयाँ र बिक्रीतर्फ १० रुपैयाँ ४ पैसा कायम भएका छन्।
कुवेती दिनार १ को खरिदमा ४२८ रुपैयाँ ६३ पैसा र बिक्रीमा ४३० रुपैयाँ ५९ पैसा तथा बहराइनको दिनार खरिदमा ३४८ रुपैयाँ ६० पैसा र बिक्रीमा ३५० रुपैयाँ १९ पैसा तय गरिएको छ।