काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई राहदानी दुरुपयोगको कसुरमा कारबाही गर्न माग गरिएको रिट भोली (बुधबार)का लागि पेशी तोकिएको छ।
आज न्यायाधीश अनिलकुमार सिन्हाको इजलासले हेर्न नमिल्ने भन्दै सुनुवाइ नगरेपछि पेशी भोलीका लागि तोकिएके हो।
अब भोली पुनस् गोलाप्रथाद्वारा नयाँ इजलास तोकिएपछि सुनुवाइ अघि बढ्ने नबढ्ने निश्चित हुनेछ।
अधिवक्ता युवराज पौडेल ९सफल० ले लामिछानेविरुद्ध राहदानी कसुरमा मुद्दा चलाउनुपर्ने माग गर्दै सोमबार सर्वोच्चमा रिट दायर गरेका थिए ।
नेपाली नागरिकता त्यागेर अमेरिकाको नागरिकता लिएको र अमेरिका छाडेर नेपाल फर्किएपछि पुनः नेपाली नागरिकता लिने प्रक्रिया पूरा नगरेको ठहर गर्दै सर्वोच्च अदालतले रविको सांसद पद खारेज गरिदिएको थियो ।
अदालतको आदेशपछि उनले जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट पुनः नेपाली नागरिकता लिएका थिए ।