मेष- आज अचम्मको समाचार सुन्न पाइने छ। यात्रामा चोटपटक लाग्ने भय रहेकाले सतर्कता अपनाउनु होला। विवादको योग भएकाले बोल्दा विचार पुर्याउनु निको होला।
वृष- व्यापार व्यवसायबाट अपेक्षित लाभ हासिल होला। मिहिनेती स्वभावले प्रशंसा कमाउनु होला। सामाजिक कामबाट मनमा हर्ष छाउला।
मिथुन- आज पराक्रम बढ्ने दिन छ। अपूरा काम पूरा हुने भएकाले प्रफुल्लित रहनु होला। कृषिजन्य कारोबारमा लाभ हासिल होला। वैदेशिक कार्य पनि फलदायी रहला।
कर्कट- आज धैर्य धारण गर्ने दिन छ। टाढाको यात्रामा निस्किनु पर्ला। साथीसँगीको साथ सहयोग प्राप्त होला। अनपेक्षित लाभ हासिल हुनाले मन प्रफुल्लित रहला।
सिंह- विवाद बढ्ने योग भएकाले सावधानी अत्यावश्यक देखिउको छ। परपीडकहरूबाट पनि सावधान रहनु होला। अनावश्यक खर्चबाट जोगिनु उत्तम हुनेछ।
कन्या- आज तपाईंको बौद्धिकताको प्रशंसा विशिष्ट व्यक्तिले गर्ने छन्। मुद्दा मामिलामा विजयश्री प्राप्त होला। आर्थिक पक्ष सबल रहने दिन छ।
तुला- आफन्तजनसँग भेटघाटमा समय बित्न सक्छ। धार्मिक कर्ममा मन जाला। आजको दिन आम्दानीका स्रोत बढ्नाले मन हर्षित रहला।
वृश्चिक- प्रणय सुखमा रमाउने दिन छ। टाढाको यात्रा हुन सक्छ। व्यापार व्यवसाय सामान्य रहने छन्। प्रतिस्पर्धामा विजयश्री प्राप्त होला।
धनु- आज अनावश्यक खर्च हुने योग छ। धोकेबाजहरूबाट सावधान रहनु होला। रोगले सताउने र मालसामान हराउने सम्भावना छ, सजग रहनु होला।
मकर- अप्रत्यासित धनलाभको योग छ आज। तथापि, लेनदेन कारोबारमा सजगता अपरिहार्य छ। जागिर र सामाजिक गतिविधिबाट सम्मान प्राप्त होला।
कुम्भ- आजको दिन आर्थिक पक्ष सबल रहला। अध्ययन, अध्यापनमा मन जान सक्छ। तथापि, स-साना घरेलु काममै दिन व्यतित हुन सक्छ।
मीन- आजको दिन अध्ययन र व्यापारमा समानान्तर रूपमा लाभ हासिल होला। जोश, जाँगर बढेको छ, आम्दानीका स्रोत पनि बढ्न सक्ने सम्भावना छ। मन मिल्ने साथीहरूसँग भेट हुँदा मन प्रसन्न रहला।