काठमाडौं- जावलाखेल युथ क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।
Advertisement
आज भएको खेल रोयल ब्लु सातदोबाटो युथ क्लबलाई २-१ गोल अन्तरले हराउँदै जावलाखेल शीर्ष स्थान उक्लिएको हो ।
एन्फा कम्प्लेक्समा जावलाखेलको जितमा फोडे फोफाना र एनकोटो मोसाबीले एक एक गोल गरे । सातदोबाटोका दीपक सिंह ठकुरीले एक गोल फर्काए ।