काठमाडौं- उच्च अदालत पाटनले फिल्म प्रसाद २ को प्रदर्शन रोक्न आदेश दिएको छ। फिल्म निर्माता सुवास थापाले आफ्नो रकम नदिएको भन्दै केशव पाण्डेले फिल्म रोक्नका लागि माग राखेर उच्च अदालत पाटनमा रिट दायर गरेका थिए ।
Advertisement
उनको रिटमा प्रदर्शन रोक्न आदेश दिएको हो। थप सुनुवाइ गर्न उच्च अदालतले २६ गते दुवै पक्षलाई बोलाएको छ।
सुदर्शन थापाले निर्देशन गरेको प्रसाद २ आउँदो शुक्रबारदेखि प्रदर्शनको तयारीमा थियो ।