काठमाडौं- वैदेशिक रोजगार विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने भएको छ ।
Advertisement
मंगलबार एक सूचना प्रकाशित गर्दै विभागले धरौटी बापतको ३ अर्ब ५३ करोड रुपैयाँ निक्षेपको रूपमा पुनः मुद्दतीमा राख्ने जनाएको छ।
इच्छुक बैंक तथा वित्तीय संस्थालाई उचित ब्याजदरसहित प्रस्ताव गर्न आह्वान गरेको छ । निक्षेप चाहने बैंकले ब्याजदरसहित दरभाउ पत्र फारम भरेर अनलाइनमार्फत चैत २७ गते दिनको ३ बजेभित्र दरखास्त दिनुपर्नेछ । निक्षेपको अवधि भने १ वर्षको हुनेछ ।
