मेष- आर्थिक संकट हुनेछ। यात्रामा सावधान रहनु होला। लेनदेनको समस्याले सताउनेछ।
वृष- रमाइला व्यक्तिसँग मित्रता बढ्नेछ। कला क्षेत्रमा रुचि बढ्नेछ। पढाइमा सुधार हुनेछ।
मिथुन- कामबाट फुर्सद मिल्नेछ। मन प्रसन्न रहनेछ। अधुरा काम बन्नेछ भने नयाँ काम पाउने सम्भावना छ।
कर्कट- व्यवसायमा लगानी बढाउने समय छ। वैदेशिक रोजगारीबाट फाइदा हुनेछ। प्रेम सम्बन्ध र दाम्पत्य सुखको योग छ।
सिंह- स्वास्थ्यमा अचानक गडबडी आउनेछ। खर्च बढ्नेछ। चोटपटकको भय छ।
कन्या- पारिवारिक आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको सम्भावना छ। पठनपाठनमा ध्यान दिनुपर्ने समय छ।
तुला- आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा समय बित्नेछ। नसोचेको काम बन्नेछ।
वृश्चिक- मनको डर हट्नेछ। टाढाको यात्रा गर्ने अवसर छ। प्रयत्न गर्दा मौकाको फाइदा लिन सकिनेछ।
धनु- श्रम गरेअनुसार कामको मूल्याङ्कन नहुन सक्छ। हतारको निर्णयले काम बिग्रन सक्छ। आर्थिक संकट आउनेछ।
मकर- खर्च बढ्नेछ। नयाँ योजना बनाउने उत्तम समय छ। गलत विचारले काममा बाधा सिर्जना हुनसक्छ।
कुम्भ- दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा फाइदा हुनेछ। धनलाभ हुनेछ।
मीन- आर्थिक लगानी बढाउन सकिनेछ। प्रयत्न गरे धेरै काम बन्नेछन्। मनोरञ्जनमा भुलिने समय छ।