काठमाडौँ – गायिका अञ्जु पन्तको स्वर रहेको नयाँ गीत ‘मायाको रातो रुमाल’ सार्वजनिक भएको छ । गम्भीर विष्टको निर्देशनमा तयार भएको गीतमा नायिका वर्षा सिवाकोटी र अस्तित्व भट्टचनलाई देख्न सकिन्छ ।
Advertisement
गीतमा सुबोल थापाको कोरियोग्राफी, चन्द भट्टचनको शब्द, ज्योति प्रकाशको सङ्गीत र विष्णु अधिकारीको सङ्गीत संयोजन छ । यस्तै, नवराज उप्रेतीले छायाङ्कन गरेको गीतलाई नवीन निरौलाले सम्पादन गरेका छन् ।
ओएसआर युट्युब च्यानलमार्फत पन्तको ‘मायाको रातो रुमाल’ बोलको गीत सार्वजनिक गरिएको हो ।