काठमाडौँ – डाबर नेपाल ‘नेसनल एचआर एक्सिलेन्स अवार्ड–२०२३’ बाट सम्मानित भएको छ । कम्पनी उक्त अवार्डबाट सम्मानित भएको घोषणा गएको मार्च ३१ तारिखमा गरिएको थियो ।
Advertisement
डाबर नेपालको एचआर नीति, अभ्यास र कार्यसम्पादनमा कम्पनीको समग्र उत्कृष्टतालाई मान्यता दिँदै अवार्ड प्रदान गरिएको हो । अवार्ड डाबर नेपालका व्यवसाय प्रमुख अनिल पुरीले लिएका थिए ।
ग्रोथ सेलर्स, एक स्वतन्त्र एचआर कन्सल्टिङ फर्मद्वारा आयोजित एचआर मिट–२०२३ को विशेष समारोहमा डाबर नेपाललाई अवार्ड हस्तान्तरण गरिएको थियो ।