मेष- गरेका काममा ढिलासुस्ती हुनेछ। मन दोधारमा पर्नेछ। छोटो समयमा विशेष उपलब्धी हासिल हुनेछ।
वृष- रमणीय यात्रा हुनेछ। रोकिएको धन हात पर्नेछ। चिताएको कामले तीव्रता लिनेछ।
मिथुन- परिवारमा नयाँ सदस्य थपिन सक्छ। शुभकार्यको चर्चा चल्नेछ। घरायसी काममा अल्झिनुपर्नेछ।
कर्कट- नयाँ कामको थालनी गर्ने समय छ। राजनीतिक क्षेत्रमा सफलता मिल्नेछ। व्यापारबाट फाइदा मिल्नेछ।
सिंह- काम बिग्रने डर छ सचेत रहनुहोला। काममा व्यस्त रहने दिन छ। कला साहित्यमा रुचि बढ्नेछ।
कन्या- शुभकामको चर्चा चल्नेछ। रमाइलो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आजको दिन शुभ छ।
तुला- न्यायिक कार्यमा सफलता मिल्नेछ। घरायसी काममा समय जानेछ। कुनै निर्णय लिँदा ध्यान दिनुहोला।
वृश्चिक- रोकिएका अधुरा काम बन्नेछन्। पर्यटकीयस्थलको भ्रमण गर्ने अवसर जुर्नेछ। वैदेशिक क्षेत्रको काम अघि बढ्नेछ।
धनु- काम बिगार्न चाहनेहरु सक्रिय हुनसक्छन्। अनावश्यक खर्च बढ्नेछ। एउटै कामबाट दोहोरो लाभ मिल्नेछ।
मकर- आम्दानी बढ्नेछ। उठनुपर्ने रकम हात लाग्नेछ। ढिलासुस्तीले महत्वपूर्ण अवसर गुम्न सक्छ।
कुम्भ- मन प्रसन्न रहनेछ। सही निर्णय लिन सकिनेछ। ताके अनुरुप काम नबन्दा दिक्क लाग्नेछ।
मीन- घरमा अतिथिको आगमन हुनेछ। नयाँ वस्त्र मिल्नेछ। भौतिक साधन जुट्नेछ।