काठमाडौं- अभिनेत्री सुरक्षा पन्त अभिनित चलचित्र ‘बहाव’को प्रदर्शन मिति नजिकिँदै गर्दा निर्माण टोली प्रचार प्रसारका लागि दौडधुपमा छ।
चलचित्र चलाउन आजकाल विभिन्न पुरस्कार दिएर प्रचार गर्ने चलन बढ्दो छ। ‘बहाव’ सिनेमा निर्माण पक्षले पनि फिल्मको टिकटमा थाइल्यान्डको प्याकेज टुर पुरस्कार राखेको छ। केही दिनअघि चलचित्र ‘बहाव’को एआई प्रविधिबाट पोस्टर निर्माण गरेर सार्वजनिक गरिएको थियो।
पुरस्कार जित्न योग्य हुन ‘बहाब’ चलचित्रको टिकट खल्ती एपमार्फत काट्नुपर्नेछ। खल्ती एप प्रयोगकर्ताको एकाउन्ट केवाईसी प्रमाणित भएको हुनुपर्नेछ। नेपालभरबाट २५ भन्दा बढी हलको टिकट खल्ती एप मार्फत काट्न सकिने छ।
खल्ती एपबाट टिकट काटेर सिनेमा हेर्ने एकजना भाग्यशाली व्यक्तिले एमडी होलिडेजको तर्फबाट एक जोडीलाई थाइल्यान्डको टुर प्याकेज जित्ने मौका पाउनेछन्। साथै, खल्ती एपबाट टिकट काट्दा प्रोमोकोड ‘BAHAAB’ प्रयोग गरेर १० प्रतिशतसम्म पैसा फिर्तासमेत प्राप्त गर्न सक्ने छन्।
सिनेमा प्रमोसनमा जोडिन पाएकोमा फिल्म ‘बहाब’को टिमलाई धन्यवाद दिँदै विजेतालाई उत्कृष्ट सेवा प्रदान गर्न आफरूहरू उत्सुक रहेको एमडी होलिडेजकी प्रमुख प्रतिनिधि विनिता त्वयनाले बताइन्। यस पुरस्कारसँग जोडिएको टिकेटिङ पार्टनर खल्ती पनि उत्तिकै उत्सुक भएको भन्दै खल्तीले यस्ता कार्यक्रमहरूलाई बढावा दिने र यो एपमार्फत फिल्म हेर्ने प्रयो कर्ताका लागि अहिलेसम्मकै ठूलो पुरस्कार राशि यो टुर प्याकेजमा रहेको कुरा खल्तिकी मार्केटिङ प्रतिनिधि अमृता श्रेष्ठले बताइन्।
खल्ती एक नेपालको उदयमान डिजिटल वालेट र भुक्तानी गेटवे हो। यसले विभिन्न बिल भुक्तानी, मोबाइल रिचार्ज, मनी ट्रान्सफर, घरेलु रेमिट्यान्स, किनमेल, चलचित्र टिकट आदिका लागि सुरक्षित र छिटो अनलाइन भुक्तानी माध्यम प्रदान गर्छ। एमडी ट्राभल्स विगत ६ वर्षदेखि ट्राभल प्याकेजहरू उपलब्ध गराइरहेको एक ‘IATA’ लाइसेन्स प्राप्त संस्था हो, जसका प्रबन्ध निर्देशक लीलाबहादुर लामा हुन्।
दुईतर्फी हवाई भाडा र तीनतारे होटलमा बसाइसहितको चार रात, पाँच दिनको टुर प्याकेज समावेश गरिएको उक्त पुरस्कार प्याकेज फिल्म प्रमोसनको लागि निकै प्रभावकारी हुने फिल्मका मार्केटिङ हेड सुदिप दवाडीको दाबी छ।
विजेता छनोट भने फिल्म प्रदर्शन सकिएको २ सातापछि खल्तीको अफिसियल पेजमार्फत लक्की ड्र गरिनेछ। सो प्याकेज प्राप्त गर्न निम्नअनुसार नियम र शर्तहरू पालना गर्नुपर्नेछ।
नियम र शर्तहरू
- विजेताले घोषणा भएको २ साताभित्र एमडी होलिडेज ट्राभलको डेस्क वा खल्ती एपको सपोर्ट डेस्कमा सम्पर्क गर्नुपर्नेछ।
- टूर प्याकेज घोषणाको मितिदेखि ३ महिना भित्रसम्म मात्र मान्य हुनेछ।
- यो प्याकेज अरूलाई दिन योग्य हुने छैन।
- विशेष परिस्थितिमा विजेता यात्रा गर्न असमर्थ भएमा उसले आफ्ना परिवारका सदस्यहरूलाई उनीहरूबीचको नाता प्रमाणित प्रमाणपत्र देखाएर प्याकेजको लागि मनोनित गर्न सक्नेछ।
- थाइल्यान्ड भिसाको लागि फाइनान्सियल र अन्य कागजातको जिम्मेवारी विजेता स्वयंको हुनेछ।
- भिसा प्रोसेसिङको लागत प्याकेजमा समावेश गरिएको छैन र विजेता स्वयंले बेहोर्नुपर्नेछ।