काठमाडौं– गायिका प्रविशा अधिकारीको स्वरमा रहेको ‘यहीं कतै २’ गीतको भिडियो सार्वजनिक भएको छ ।
Advertisement
किरण पुनको शब्द, सुवास भुषालको संगीत रहेको यस गीतको उदय राज पौडेलले एरेन्ज गरेका हुन् ।
जेनिशा गौतमद्वारा निर्देशित गीतमा जेनिशा र कमल घिमिरेको अभिनय छ । गायन र अभिनयमा जमेकी जेनिशाको भिडियो निर्देशनमा भने यो पहिलो प्रयास हो ।
प्रेम कथामा आधारित गीतमा जिवनका सुनौला पलहरुलाई आकर्षक रुपमा प्रस्तुत गरिएको छ । भिडियोमा ओम गोरखालीको छायांकन, टेकेन्द्र शाहको सम्पादन रहेको छ । गीतको भिडियोमा आकर्षक रुपमा अष्ट्रेलियाको सिड्नी आसपासको विभिन्न स्थानमा छायांकन गरिएको छ ।