काठमाडौं- गायिका मिलन नेवारको स्वर रहेको ‘हेरेको तिमीलाई’ बोलको गीत सार्वजनिक भएको छ । बिष्णुबाबु देवकोटाको शब्द र टिका दाहालको संगीत रहेको गीतमा राहुल प्रधानको संगीत संयोजन छ ।
Advertisement
युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त गरिएको भिडियोमा गायिका एवम मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन बिचको अन्स्क्रिन प्रेम र रोमान्स देख्न सकिन्छ।
उत्तम हुमागाईले छायाँकन गरेको यस भिडियोलाई हरि हुमागाईले सम्पादन गरेका हुन्। सिम्पल खरेलको निर्देशनमा तयार पारिएको भिडियो संगीतकार दहालको युट्युव च्यानल ‘टिका दहाल म्युजिक’ मार्फत सार्वजनिक भएको हो।
भिडियो :