काठमाडौँ – भारतीय फिल्म ‘पोन्नियिन सेल्वन- २’ को ट्रेलर सार्वजनिक भएको छ। सार्वजनिक ट्रेलरमा ऐश्वर्या राय बच्चन राजकुमारी नन्दिनीको भूमिकामा देखिएकी छन्।
Advertisement
फिल्मका उनी चोल साम्राज्यको अन्त्य गर्ने तयारीमा देखिएकी छन्। फिल्म २८ अप्रिल २०२३ मा प्रदर्शन हुने तयारीमा छ ।
यो फिल्म हिन्दी, तमिल, तेलुगु, मलयालम र कन्नड गरी पाँच भाषामा रिलिज हुनेछ। २५० करोड भारूमा बनेको फिल्म अप्रिल २८ देखि प्रदर्शन हुनेछ।
फिल्ममा ऐश्वर्या राई बच्चन नन्दिनी र मंदाकिनीको भूमिका रहेको छ । फिल्ममा उनको दोहोरो भूमिका छ । फिल्ममा ऐश्वर्यासँगै चियान विक्रम, जयम रवि र त्रिशा कृष्णन, प्रभु, शोभिता धुलिपाला, ऐश्वर्या लक्ष्मी र प्रकाश राजलगायतका पहिलो भागका सबै कलाकारहरु देख्न सकिन्छ ।