काठमाडौँ – चलचित्र ‘प्रेमा’को प्रिमियर शो सम्पन्न भएको छ । काठमाडौंमा बुधवार भएको प्रिमियर शोमा फिल्मकर्मीहरुले ‘प्रेमा’लाई सकारात्मक प्रतिक्रिया दिएका छन् ।
‘महापुरुष’ बाट डेब्यू गरेकी अभिनेत्री अञ्जना बराइलीले नेपालमा पनि प्रेमकथाका फिल्म बन्छन् । प्रेमाको प्रेमकथा यहाँको कथा र प्रस्तुतीकरण भन्दा फरक भएको बताइन् । यस्तै, अभिनेता तथा मोडल कुन्साङ लामाले धेरैपछि राम्रो रोमान्टिक फिल्म हेर्न पाएको सुनाए । अहिलेको युवापुस्ताको प्रेमसँग फिल्मको कथा मिलेको उनको भनाइ छ ।
फिल्मका अभिनेता अरुण क्षेत्रीले प्रिमियरपछि प्राप्त प्रतिक्रियाबाट आफू फिल्म चल्नेबारे ढुक्क भएको बताए । हिजोसम्म म न्यूट्रल अवस्थामा थिएँ। किनकी फिल्म बाहिर आइसकेको थिएन। तर आज प्रिमियरमा प्राप्त प्रतिक्रियाले म उत्साहित छुू, अरुणले भने।
अभिनेत्री शुभेच्क्षा खड्काले आफ्नो अभिनयको तारिफ सुन्दा खुशी लागेको बताइन् । म अत्यन्त खुशी छु। मेरो मिहिनेतलाई सबैले स्वीकारिदिनुभएको छ। मेरो भूमिकाले तारिफ पाउँदा आभारी छुू, उनले भनिन् ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्ममा अरुण, सुभेक्षाका साथै सृष्टि श्रेष्ठ,साथै विमला केसी, हिउँवाला गौतम, पुरण जोशी, सबिन बास्तोला, रोशनी स्याङबो, प्रकाश बस्नेत, महान थापा, सुरेन्द्र बसेल, भिभियाना थपलिया (काजु) को अभिनय देख्न सकिन्छ ।