काठमाडौँ – गायिका मिलन नेवारको सुमधुर स्वर रहेको म्युजिक भिडियो हेरेको तिमीलाई सार्वजनिक भएको छ ।
Advertisement
लोकप्रिय गायिका एवम् मोडल सिम्पल खरेल र मोडल कुन्साङ बोम्जन अभिनीत रहेको छ । प्रेमिल शैलीको गीतमा विष्णुबाबु देवकोटाको शब्द, लोकप्रिय सङ्गीतकार टिका दाहालको सङ्गीत छ ।
राहुल प्रधानको संगीत संयोजनमा तयार भएको गीतमा उत्तम हुमागाईँले छायाङ्कन गरेका छन् । भिडियोलाई हरि हुमागाईँले सम्पादन गरेका छन्, भने सिम्पल खरेलको निर्देशनमा तयार पारिएको हो ।