काठमाडौँ – वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र बुलाकी’को दोस्रो गीत ‘दुनियाँलाई सम्झाइदेउन’ सार्वजनिक भएको छ ।
Advertisement
अभिनेता नरेन खड्का र अभिनेत्री सुरक्षा पन्तको मुख्य भूमिका रहेको फिल्मको गितमा सविन सेञ्चुरी र बादल थापाको शब्द रचना तथा सङ्गीत र बादल थापाको स्वर छ । टोपेन्द्र विष्टले निर्माण गरेको फिल्मलाई लक्ष्मण सुनारले निर्देशन गरेका छन् ।
फिल्ममा रमेश बुढाथोकी, लक्ष्मी गिरी, कुलदीप अधिकारी, सुशील पोखरेल, झलनाथ खत्री, धनबहादुर राई, लक्ष्मण देवकोटा, वसन्त उदास, सोनु सेढाईं, प्रकाश कँडेल र सरस्वती खत्रीको अभिनय छ ।
फिल्ममा कर्णालीको ग्रामीण जीवन, रीतिरिवाज, जारी प्रथा तथा परिवार र सम्बन्धमा आउने उतारचढावलाई प्रस्तुत गरिएको छ । फिल्मलाई अर्जुन जिसीले सम्पादन गरेका हुन् भने फिल्ममा राजबहादुर सानेको कथा छ ।