काठमाडौँ – भारतका चर्चित फिल्म निर्देशक प्रदीप सरकारको निधन भएको छ । उनको ६७ वर्षीय सरकारको निधनबारे उनका साथी हंसल मेहताले सामाजिक सञ्जालमा जानकारी दिएको भारतीय सञ्चारमाध्यममा उल्लेख गरिएको छ।
Advertisement
निर्देशक प्रदीपको निर्देशनमा परिणीता, हेलिकप्टर इला र मर्दानी जस्ता हिट फिल्म बनेका छन् । प्रदीपले सन् २००५ मा फिल्म परिणीताबाट निर्देशनको दुनियाँमा प्रवेश गरेका थिए ।
उनले सन् २००७ मा लागा चुनरी मे दागु, २०१० मा लफंगे परिन्देु, २०१४ मा रानी मुर्ख्जीको फिल्म, मर्दानीु निर्देशन गरेका छन् । फिल्मसँगसँगै उनले फोर्बिडन लभु, र दुरंगाु जस्ता वेब सिरिज पनि निर्देशन गरेका छन् ।