काठमाडौँ – गायक राजेश पायल राईको स्वरमा नयाँ गीत ‘काली काली’ सार्वजनिक भएको छ । टिएन आचार्यको शब्द रहेको गीतमा लक्ष्मण पोखरेलले सङ्गीत भरेका छन् । ‘काली काली’ बोलको गीत बुधबार ‘द प्रिमियर प्रोडक्सन’ युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको हो ।
Advertisement
निर्देशक सुरेन्द्र बसेलले निर्देशन गरेका म्युजिक भिडियोलाई रोमान्टिक डान्सिङमा गजित र गम्भीरले सहकार्य गरेका छन् । टिएन आचार्यले निर्माण गरेका हुन् ।
गीतलाई विकाश नेपालीले कोरियोग्राफी गरेका छन् । गीतमा दिनेश पराजुलीले छायाङ्कन तथा नवीन निरौलाले सम्पादन छ ।