मेष- आज प्रशस्त आम्दानी होला। घरमा पाहुनाले सताउलान्। रमणीय यात्रामा निस्किने अवसर पनि आउन सक्छ।
वृष- रमाइलोसँग दिने बित्नेछ। प्रशस्त धन आर्जन हुनाले मन हर्षित रहला। टाढाको यात्राको योजना बन्न सक्छ।
मिथुन- धोकेबाजहबाट सावधानी अपनाउनु होला। यात्रामा निस्किने समय छैन, समय र धनको अनावश्यक खर्च हुनेछ।
कर्कट- आज आर्थिक लेनदेनका लागि उपयुक्त समय छैन। मन द्विविधाग्रस्त रहन सक्छ। काम बिग्रने सम्भावना रहेकाले सोच विचार गरेर काम गर्नु होला।
सिंह- आम्दानीका नयाँ स्रोत भेटिन सक्छन्। सोचेअनुसार नै नियमित आम्दानी होला। अध्ययन अध्यापनमा प्रगति होला।
कन्या- नसोचेको ठाउँबाट आज आम्दानी हुन सक्छ। जोश–जाँगर बढेको छ, कुनै नयाँ योजना बनाउनु भएको छ भने अगाडि बढ्ने योग आएको छ।
तुला- मनमा डरले डेरा जमाउला। अनावश्यक वादविवादमा नलाग्नु होला। आफ्नो पेशा, व्यवसायमा ध्यान केन्द्रित गर्नु उपयुक्त हुनेछ।
वृश्चिक- मन द्विविधाग्रस्त रहन सक्छ। अरूकै काममा बढी ध्यान दिनु पर्दा आफ्नो कामलाई समय निकाल्न नसकिएला। व्यापार, व्यवसायमा नोक्सानी बेहोर्नु पर्ला।
धनु- दाम्पत्य जीवन सुखद रहला। नजिकको यात्रामा मन रमाउला। घरमा पाहुनाले भने सताउन सक्छन्।
मकर- वैदेशिक आम्दानी हुन सक्छ। परिश्रमको उचित कदर होला। मनमा शान्ति छाउने छ। टाढाको यात्राको योजना बन्ला।
कुम्भ- अनावश्यक खर्चबाट बच्नु होला। पारिवारिक समस्या समाधानमा लाग्नु राम्रो हुनेछ। आजको दिन सावधानी अत्यावश्यक छ।
मीन- नसोचेको ठाउँबाट आम्दानी हुन सक्छ। अधुरा काम धमाधम सम्पन्न होलान्। प्रतिभा देखाएरै अरूको मन जित्न सकिने छ।