• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
बिहिबार, भदौ २५, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

थाई विद्यालयमा शिक्षिकाको हत्या

परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

भक्तपुरमाः आज पञ्चदान पर्व मनाइँदै

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • २. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ३. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ४. राशिफल : वृष- अप्ठ्यारो सम्झौता, सिंह- आरामदायी यात्रा

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ७. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ८. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • ९. राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • १०. भोटेकोशी बाढी पीडितलाई क्यासिनो एसोसिएसनको ८५ लाख २३ हजार

असन चोकमा नेवार समुदायको पाहाँच : ह्रे जात्रा


बुधबार, चैत ०८, २०७९ मा प्रकाशित

काठमाडौँ – बुधबार काठमाडौंको असन चोकमा नेवार समुदायले पाहाँचस्ह्रे जात्रा मनाएका छन्।

Advertisement

‘पाहाँ’ भन्नाले अतिथि भनेर बुझिन्छ भने ‘चःह्रे’ भनेको चतुर्दशीलाई भनिने गरिन्छ। यसलाई ‘पिसाच चतुर्दशी’ पनि भन्ने भनिन्छ।

यो जात्रामा असन चोकमा पहिला पहेंलो टोपीले सजिएको एक समूहले आफ्नो काँधमा लुँमधी भद्रकाली बोकेर बाजागाजासहित असन परिसर आइपुगेका छन्।

किम्बदन्तीअनुसार आजको दिन इन्द्रायणी (लुति अजिमा) बाहेक अरू सबै अजिमाहरूलाई खटमा राखेर पूजा गर्न टोल–टोलबाट लिएर जाने गरिन्छ। इन्द्रायणी आफ्नो अरू अजिमा दिदीबहिनीभन्दा निकै गरिब थिइन्। एकदिन दिदी अजिमाले सबैलाई भोज बोलाउँदा इन्द्रायणी अर्थात् लुति अजिमालाई भोज सम्पन्न भएको भोलिपल्ट बोलाइन्छ।

उनलाई हेला गरेर अघिल्लो दिनको खाना दिइन्छ। अपमानित भएर त्यहाँबाट उनी निस्कन्छिन् र बाटोबाट एउटा फर्सी किनेर लान्छिन्। त्यो फर्सी पकाउँदा सुन हुन्छ। त्यसपछि उनी त्यो सहरकै धनी महिला हुन्छिन्।

अर्को वर्ष फेरि दिदी अजिमाले उनलाई भोज बोलाउँदा इन्द्रायणी सम्पन्न भएर जान्छिन्। यसपटक उनको छुट्टै सत्कार गरिन्छ। लुति अजिमाले यो सत्कार आफ्नो धनको लागि मात्र भएको भनेर आफ्ना गरगहरना फुकालेर भोजमाथि राख्छिन्। अनि दिदीहरूलाई कहिले नभेट्ने बाँचासहित बच्चाहरू लिएर बाहिर निस्किन्छिन्। त्यसैले आजको दिन इन्द्रायणीको खट निकालेर पूजा गरिँदैन। उनको बाला चतुर्दशीको दिन छुट्टै पूजा हुन्छ र खट निकालिन्छ।

पाहाँचस्ह्रेको समयमा नेवार समुदायमा भव्य भोज आयोजना गरी आफ्नो चेलीबेटी, आफन्त र इष्टमित्रलाई घरमा बोलाउने चलन पनि छ। यसैले आजको दिन आफ्न्तजनमा माया, प्रेम, सद्भावना र एकता थप मजबुत हुने मान्यता छ।

असन बजारमा लुँमधी आएपछि जात्राको माहौल बन्न थाल्यो। केही समयपछि निलो टोपी लगाएको समूह बाजागाजाका साथमा त्यही आइपुगे। वचुँ भद्रकाली र लुँमधी भद्रकाली देवी सवार खट असन बजार पुगेपछि कंकेश्वरीको प्रतिक्षा सुरु हुन्छ।

वचुँ भद्रकाली, लुँमधि भद्रकाली तथा कंकेश्वरी तीन दिदीबहिनीको भेटघाटको रुपमा पाहाँ चर्‍हेको न्हि जात्रा मनाउने गरिन्छ। असनमा प्रतिक्षारत दुई देवीको खटलाई कंकेश्वरीको खटले तीन पटक परिक्रमा गरेपछि आगोको ज्वाला (ति प्वा) आदान प्रदान हुन्छ।

त्यसपछि अर्को वर्ष टुँडिखेलमा पुनः भेट गर्ने वाचाका साथ असन जात्रा (न्हि जात्रा) सम्पन्न हुन्छ। यो जात्रालाई स्थानीयले ‘द्यःल्वाकेगु’ जात्रा भन्छन्। पाहाँ चर्‍हे भित्रकै यो एउटा महत्वपूर्ण जात्रा हो।

बुधबार, चैत ०८, २०७९ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !
राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन
अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम
बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने
थाई विद्यालयमा शिक्षिकाको हत्या

भर्खरै

  • १.
    आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

  • २.
    विश्‍व घटना : पोल्यान्डको आकाशमा दर्जनौं रुसी लडाकु ड्रोन !

  • ३.
    राशिफल : वृश्‍चिक- मान-सम्मान, धनु- स्वादिष्‍ट भोजन

  • ४.
    अदालती मुद्दाको चाप घटाउन मेलमिलाप विधेयकः मन्त्री गौतम

  • ५.
    बाढीबाट प्रभावित नागरिकको आक्रोशलाई राज्यप्रतिको अपेक्षा र अन्तिम गुहारका रूपमा बुझ्नुपर्छः सभापति लामिछाने

  • ६.
    थाई विद्यालयमा शिक्षिकाको हत्या

  • ७.
    परराष्ट्रमन्त्री खनालसँग श्रीलङ्काकी राजदूत डेल्पिटियाको भेट

  • ८.
    वर्षान्तको बजेट खर्च रोक्ने मधेसको नयाँ परीक्षण

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.