मेष- यात्रामा लाभ मिल्नेछ। सन्तानबाट सुख पाइनेछ। मनमा रहेको डर हटेर काममा उत्साह बढ्नेछ। टाढाको यात्रा गर्ने अवसर आउला, दिन सामान्य छ।
वृष- स्वास्थ्यमा अचानक गडबडीको संकेत छ। हतारको निर्णयले काम बिग्रन सक्छ, सचेत रहनुहोस्। मान्यजनको सुझाव अप्रिय लाग्नेछ।
मिथुन- पढाइमा सफलता मिल्नेछ। खर्च बढ्ने र स्वास्थ्य कमजोर भई काममा अवरोध आउनेछ। कुरा काट्नेहरू बढ्ने छन्, सावधान रहनु होला।
कर्कट- तपाईको खर्चभन्दा कमाइ नै बढी हुने योग छ। छरछिमेकबाट सरसहयोग प्राप्त होला। दिगो फाइदा हुने काममा लगानी बढाउन सकिनेछ। काम र व्यापारमा पनि फाइदा हुनेछ।
सिंह- चिताएको काम सहजै बन्ला। आर्थिक लगानी बढाउन अनुकूल समय छ। नयाँ ठाउँमा लगानीको वातावरण बनी मन हर्षित हुनेछ। परिश्रमले धेरै काम बन्नेछन्।
कन्या- आगो तथा हात हतियारबाट एकदमै सावधान रहनु होला। पति-पत्नीबीच घर सल्लाह नमिल्न सक्छ। साथै, आर्थिक संकट पनि होला, विचार पुर्याउनु भए बेश होला।
तुला- जागिरमा आज अनावश्यक झमेलाको सामना गर्नुपर्नेछ। कसैबाट अपमानित पनि भइएला। कला क्षेत्रमा रुचि बढ्नेछ। मान प्रतिष्ठा र सामाजिक मर्यादामा अभिवृद्धि हुनेछ।
वृश्चिक- अल्झेको काम बन्नाले मनमा एक किसिमको हर्ष छाउला। पढाइमा खासै प्रगति हुने छैन। कामबाट सजिलै फुर्सद पाइनेछ।
धनु- कुरा काट्नेहरूको मुख बन्द हुनेछ। व्यवसायमा थप लगानी बढाउन सकिनेछ। वैदेशिक तथा व्यापारिक कामकाजमा फाइदा होला। व्यापार व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा होला।
मकर- मनमा पीडाले डेरा जमाउने छ। शरीरमा रोग लाग्न सक्छ। स्वास्थ्यमा अचानक गडबडी हुने सम्भावना देखिन्छ। चोटपटकको भय पनि छ, होश पुर्याउनु होला।
कुम्भ- महत्वपूर्ण काम धेरै बन्नेछन्। लगनशीलता र इमान्दारिताको प्रशंसा गर्नेहरू पाइएलान्, मनमा शान्ति छाउनेछ। परिवारसँग आत्मीयता बढ्नेछ। प्रेम प्रस्तावको पनि सम्भावना छ।
मीन- आर्थिक क्षेत्रमा प्रशस्त लाभ हुने संकेत छ। व्यापार, कृषि तथा वैदेशिक क्षेत्रमा दिन एकदमै राम्रो छ। आम्दानी बढ्न सक्छ। घुमघाम, भेटघाट र मनोरञ्जनमा दिन बित्नेछ। मिष्ठान्न भोजनको योग छ।