काठमाडौँ – गायक युवराज चौलागाईं र अनुष्का पाठकको आवाजमा ‘भो मलाई चाहिन्न’ बोलको गीत सार्वजनिक भएको छ।
Advertisement
लोक–फ्युजन शैलीमा आधारित रहेर बनाइएको गीत ठट्यौली पाराको लोकगीतमा गीतमा सागर थापा ‘ध्रुव’ र समारिका ढकालको अभिनय छ ।
गीतलाई राजीव समरले कोरियोग्राफी तथा निर्देशन गरेका छन् । गीतमा कौशिला खनाल कमार्चायको शब्द रहेको छ ।
गीतमा दिनेश पराजुलीको सिनेम्याटोग्राफी तथा सुप्रिम पराजुलीकोसम्पादन रहेको छ । गीत युवराज चौलागाईंको युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।