मेष- नजिकका साथीभाइ टाढिन सक्छन्। खर्च बढ्नेछ। व्यापार तथा उद्योगतर्फ लगानी बढाउने समय छ।
वृष- आर्थिक समस्या देखा पर्न सक्छ। काममा ढिलासुस्ती हुन सक्छ। गोपनीयतामा ध्यान दिनुहोला।
मिथुन- कृषि, पशुधनबाट लाभ मिल्नेछ। नोकरीमा पदोन्नति र पढाइ लेखाइमा प्रगति हुनेछ। खर्च बढ्नेछ।
कर्कट- पुरस्कार, प्रशंसा, ख्याति आदि पाइने समय छ। प्रेम र मित्रताको बन्धन कसिनेछ। आतिथ्यपूर्ण सम्मान पाइनेछ।
सिंह- रोकिएका काम बन्नेछन्। नयाँ व्यापार व्यवसाय विस्तार हुनेछ। आध्यात्मिक कार्यमा खर्च गरिनेछ।
कन्या- टाउको दुखाइ वा आँखाको समस्याले सताउन सक्छ। समयमा काम सम्पन्न गर्न नसक्दा हातबाट अवसर फुत्कन सक्छ। बेसुरमा अरूलाई दिएको बचनले अप्ठ्यारोमा पार्न सक्छ।
तुला- आफ्नो कमजोरीप्रति टिप्पणी वा गुनासो बढ्न सक्छ। सामाजिक प्रतिष्ठा जोगाउन आफ्ना योजना गोप्य राख्नुहोला। परोपकारजन्य कार्यहरू सम्पादन हुनेछन्।
वृश्चिक- आम्दानी बढ्नेछ। परिवारजनमा असमझदारी बढ्न सक्छ। नयाँ कार्य योजना बन्ने र नयाँ कामको शुरुवातसमेत हुनेछ।
धनु- बस्त्र, भोजन र विशेष उपहार हातलागी हुन सक्छ। वैदेशिक व्यापार सन्तोषजनक रहने छ। हिम्मतले काम लिने समय छ।
मकर- कृषि तथा पशुधनबाट सामान्य फाइदा हुनेछ। आकस्मिक धनलाभ हुनेछ। पढाइमा रूचि बढ्नेछ।
कुम्भ- झैझगडाबाट टाढै बस्नु बुद्धिमानी हुनेछ। विशिष्ट व्यक्तित्वहरूसँग मित्रता बढ्नेछ। कमजोरी ढाकछोप गर्दा दुःख पाइनेछ।
मीन- प्रेम र मित्रताको बन्धन कसिन सक्छ। नोकरी प्राप्त हुने सम्भावना छ। दाम, इनाम र प्रतिष्ठा कमाउने मौका छ।