मेष- सहयोगीहरू नै प्रतिस्पर्धी देखिँदा असमन्जसको स्थिति उत्पन्न होला। शक्तिमा रहेका व्यक्तिहरूसँग पनि प्रतिस्पर्धा होला। तथापि, ज्ञानको दायरा अझ फराकिलो होला।
वृष- इर्श्यालु व्यक्तिहरूबाट सावधानी आवश्यक छ। आश्वासन बाँडेर झुक्याउन खोज्नेहरू पनि सक्रिय छन्। स्वादिष्ट व्यञ्जनको अवसर प्राप्त होला।
मिथुन- विवादको योग छ। बोलीमा लगाम अत्यावश्यक छ। अवसरहरूले पछ्याउने छन्। आफ्ना योजनाहरूमा गोपनीयता उचित हुनेछ।
कर्कट- झैझमेलाले सताउन सक्छन्। तर, सहयोगीहरूको साथले त्यस्ता झमेलाहरू पार लाग्ने छन्। दीर्घकालीन लाभका क्षेत्रमा हात हाल्ने समय छ।
सिंह- पारिवारिक जमघटमा स्वादिष्ट भोजन प्राप्त होला। साथीभाइ बढ्ने छन्। प्रणय सम्बन्धको योग पनि छ। रमणीय यात्राको अवसर आउन सक्छ।
कन्या- विश्वासघाती र धोकेबाजहरूबाट सावधान रहनु होला। गलत व्यक्तिसँगको संगतले साथीभाइ टाढिएलान्। बौद्धिक व्यक्तित्वले अरूको मन लोभ्याउन सकिएला।
तुला- बोलीमा नियन्त्रण आवश्यक छ। नत्र विवादको अवस्था आउन सक्छ। कुरौटेहरू सक्रिय छन्। सहयोगीहरूको भावनालाई कदर गर्नुभयो भने त्यस्ता व्यक्तिहरू सहजै टाढा होलान्।
वृश्चिक- घरखर्च बढ्ने योग छ। परिश्रमका बावजुद कम लाभ प्राप्त होला। मिहिनेत स्वभावका कारण जीवनशैलीमा परिवर्तन गर्न सफल हुनु होला। पराक्रम बढ्ने योग छ।
धनु- प्रेमको गाँठो कसिने छ। संघर्षमा विजय प्राप्त होला। साथीभाइको साथ सहयोग प्राप्त होला। व्यापार, व्यवसायमा सामान्य लाभ होला।
मकर- खानपानमा ध्यान नदिँदा उदर विकार उत्पन्न होला। मिहिनेती स्वभावले अध्ययनको क्षेत्रमा लाभ होला। अचल सम्पत्ति प्राप्त हुन सक्छ।
कुम्भ- अवसरको खोजीमा दौडधुपमा लाग्नुपर्ने योग छ। खर्च पनि अत्यधिक बढ्ने सम्भावना देखिन्छ। साथीभाइहरूसँग भेट हुँदा मन प्रसन्न रहने छ।
मीन- सामुदायिक काममा समय व्यतित होला। लगनशील र मिहिनेती स्वभावका कारण कीर्तिमानी काम गर्ने अवसर आउन सक्छ। बलवान समयलाई पहिचान गरेर अगाडि बढ्ने चेष्टा उचित हुनेछ।