काठमाडौँ – शम्भु थापाको निर्देशीत फिल्म हुक्का ‘एन एब्सर्ड ड्रिम’ जेठ १२ गते रिलिज हुने भएको छ । फिल्ममा प्रमिला खनाल, प्रकाश घिमिरे, सन्तोषकुमार आत्रेय, तेज गिरी, अंशु न्यौपाने, तलिशा गुरुङ, निश्चल विमल, एलिशा विकको अभिनय रहेका छ।
प्रयत्न श्रेष्ठको शब्द र सङ्गीत रहेको फिल्ममा प्रयत्न श्रेष्ठ र युजिन राईको स्वर रहेको छ । सन्तोषकुमार आत्रेयको कथा, सन्तोषकुमार आत्रेय र भगवान पौडेलको पटकथा, विष्णुप्रसाद बाँस्तोलाको भीएफएक्स, राजेन्द्र मोक्तानको कलर करेक्सन, दीर्घ खड्काको सम्पादन र कृष्णबहादुर थापाले छायांङ्कन गरेका छन् ।
श्याम लामाको शृङ्गार रहेको फिल्ममा भीम श्रेष्ठको भेषभूषा, शेरमान जिसी र सुदन थापाको निर्माण नियन्त्रण, गोरे याङ्देनको सहायक छायाङ्कन, भूपेन्द्र ढकालको कला, मिडिया पोर्टको पब्लिसिटी मेनेजमेन्ट, भूपेन्द्र ढकाल, सागर गोदार क्षेत्री र सुयोग आत्रेयको सहायक निर्देशन, भगवान पौडेलको मुख्य सहायक निर्देशन, सन्जीव शाहको पार्श्वध्वनि, उत्तम न्यौपानेको ध्वनि मिश्रण छ ।
रेश्मा प्रधान सह–निर्माता, पार्वती थापा, सुशीला गुरुङ र सागर गोदार क्षेत्री निर्माता रहेको फिल्ममा कमलबहादुर भुजेल र किरणकुमार आत्रेय कार्यकारी निर्माता हुन् ।