• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
मङ्गलबार, भदौ २३, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

ह्यारी–मेघनको शाही हैसियत यथावत्

लोकप्रिय समाचार

  • १. राशिफल : कर्कट- दीर्घकालीन लाभ, मीन- प्रशस्त लाभ

  • २. राशिफल : कर्कट- नयाँ काम, मीन- उद्योगमा फाइदा

  • ३. हे प्रकृति तिम्रो न्याय यही हो ?

  • ४. राशिफल : तुला- तीर्थाटन, वृश्‍चिक- मनोरञ्‍जन

  • ५. राशिफल : वृष- काम सम्पादन, सिंह- रमाइलो यात्रा

  • ६. राशिफल : वृष- आतिथ्य सम्मान, सिंह- उत्साह

  • ७. राशिफल : मेष- आत्मीयता बढ्ने, कन्या- प्रशन्‍नता

  • ८. विपत्तिमा मल्हम लगाउँदै निर्माण व्यवसायी : प्रधानमन्त्री राहत कोषमा संघको २ लाख ११ हजार सहयोग

  • ९. राशिफल : वृश्‍चिक- काम बन्‍ने, कुम्भ- मनमा हर्ष

  • १०. विश्‍व घटना : दोस्रो विश्‍वयुद्धको बम भेटिँदा ६० हजारको हरिबिजोग

टोकियो ओलम्पिक र प्यारालम्पिकमा विदेशी दर्शकलाई प्रतिबन्ध


आइतबार, असार ०६, २०७८ मा प्रकाशित

सन् २०२१ को ग्रिष्म ऋतुमा आयोजना गरिएको ओलम्पिक र प्यारालम्पिकमा जापानको राजधानी टोकियोमा विदेशी दर्शकले सहभागी हुन पाउने छैनन्। गत शनिबार अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी, अन्तर्राष्ट्रिय प्यारालम्पिक कमिटी, टोकियो महानगर, ओलम्पिक आयोजक कमिटी र जापान सरकारको संयुक्त बैठकले विदेशी दर्शकलाई प्रतिबन्ध लगाउने निर्णय गरेको हो।

Advertisement

विदेशी दर्शकलाई प्रतिबन्ध गर्ने निर्णय अचानक भएको होइन। कोभिड-१९ महामारीबीच जारी अनिश्चितताका कारण यस्तो निर्णय भएको हो। अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित छ र कोरोना भाइरसको नयाँ प्रकार देखापरिरहेका छन्। आगामी ग्रिष्म ऋतुसम्म जापानमा विदेशी पर्यटकको आवागमन खुला हुने सम्भावना छैन।

‘वर्तमान अवस्थामा जापान र विश्वका अन्य धेरै मुलुकमा कोभिड-१९ को अवस्था अझै चुनौतीपूर्ण छ र कोभिडका नयाँ प्रकार देखापरिरहेका छन्,’ बैठकमा संलग्न पाँच पक्षको संयुक्त विज्ञप्तिमा भनिएको छ, ‘विश्वव्यापी रूपमा अन्तर्राष्ट्रिय यात्रा प्रतिबन्धित छ। यो महामारीको वर्तमान अवस्थाको आधारमा त्यतिबेलासम्म जापान प्रवेश गर्न दिइने सम्भावना पनि कमै छ।’

ओलम्पिकका लागि टिकट खरिद गरिसकेका विदेशी दर्शकका लागि उक्त निर्णय लिनुपरेको बैठकको निष्कर्ष छ। उक्त निष्कर्षबाट ओलम्पिकमा सहभागी हुने खेलाडी र जापानका नागरिकको सुरक्षा सुनिश्चित हुने पाँचै पक्षले निष्कर्ष निकालेका हुन्।

टोकियो ओलम्पिक सन् २०२० कै लागि तय गरिएको थियो। तर, कोरोना भाइरसको विश्वव्यापी प्रसारका कारण स्थगित गरिएको थियो।

आगामी २३ जुलाईबाट सुरु भई २४ अगस्टमा सम्पन्न हुने गरी ओलम्पिकको तालिका घोषणा गरिएको छ। प्यारालम्पिकका खेलहरू २४ अगस्टदेखि ५ सेप्टेम्बरसम्म हुनेछन्। विदेशी दर्शकले आधिकारिक च्यानलहरूमार्फत खरिद गरेका टिकट फिर्ता गर्ने निर्णय पनि संयुक्त बैठकले गरेको छ।

‘विश्वभरका सबै उत्साहित ओलम्पिक प्रशंसक, दर्शक र निश्चय नै खेलहरूमा आउने योजना गरिरहेका खेलाडीका परिवार र साथीहरूको निराशा हामी बुझ्न सक्छौँ। यसका लागि म साँच्चै दुःखी छु। हामीलाई थाहा छ यो सबैले गरेको ठूलो त्याग हो। हामीले यस महामारीको सुरुदेखि नै त्याग आवश्यक पर्ने बताउँदै आएका छौँ,’ आईओसीका अध्यक्ष थोमस बाकले भने, ‘तर, हामीले पहिलो सिद्धान्त सुरक्षा हो भनेका छौँ। प्रत्येक निर्णयले सुरक्षाको सिद्धान्तलाई सर्वप्रथम मान्नुपर्छ।’ आईओसीका जापानी साझेदार र मित्रहरू यो निष्कर्षमा सहजै नपुगेको उनको ठम्याइ छ।

टोकियो ओलम्पिक २३ जुलाईदेखि ८ अगस्टसम्म चल्ने छ। तालिकाअनुसार खेलको प्रतिस्पर्धा २१ जुलाईदेखि नै सुरु हुनेछ, जसमा फुटबल र बेसबल छन्।

औपचारिक उद्घाटन भने २३ जुलाईमा हुनेछ। कोरोना भाइरसका कारण एक वर्ष पछि सरेको ओलम्पिकमा ३३ खेलमा प्रतिस्पर्धा हुनेछ। कुल तीन सय ३९ पदकका लागि खेलाडीले प्रतिस्पर्धा गर्नेछन्। टोकियोका ४२ स्थानमा प्रतिस्पर्धा हुनेछ।

आइतबार, असार ०६, २०७८ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

नेपाली युवा बक्सर घिमिरे बने विश्व च्याम्पियन
ताप्लेजुङ गोल्डकपः सलहेश युवा क्लब फाइनलमा प्रवेश
पूर्वाधार अभावबीच धनकुटामा खेलाडी उत्पादन
एसियाली खेलकुदः क्यानोइङका विजय र आशिषले पोखरामा लिँदैछन् प्रशिक्षण
एन्फा निलम्बनले रोकियो अन्तर्राष्ट्रीय फुटबल, साफमा नेपालको सहभागिता अन्योलमा
राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व

भर्खरै

  • १.
    रुससँग सम्बन्ध बलियो बनाउँदै उत्तर कोरिया

  • २.
    मेला जोगाउन बझाङमा भलिबल प्रतियोगिता अनिवार्य

  • ३.
    म्याग्दी नदी बेसिनमा उत्पादित विद्युत् आवद्ध गर्न डाडाखेतमा सवस्टेशन

  • ४.
    पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या

  • ५.
    मदिरा सेवनबाट भारतमा १५ जनाको मृत्यु

  • ६.
    भोटेकोशी बाढीः एक हजार ३५७ जनाको शव फेला

  • ७.
    सूर्यविनायक–धुलिखेल सडकखण्ड विस्तार सुस्तः स्थानीयलाई मर्का

  • ८.
    बोलिभियाको सैनिक शिविरमा विस्फोटबाट मृत्यु हुनेको संख्या नौ पुग्यो

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.