मेष- परीक्षा, प्रतियोगिता वा अन्तरवार्ताको तयारीमा हुनुहुन्छ भने अझ कस्सिएर प्रयास गर्नु होला। मिहिनेतअनुसार राम्रो परिणाम आउने छ। प्राविधिक र सीपमूलक क्षेत्रमा आकर्षण बढ्नेछ। ज्ञान वा अनुभव बढाएर व्यक्तित्व निखार्ने समय छ।
वृष- शंकालु बानी र विश्वासको कमीले आपसी समन्वय कमजोर बन्न सक्छ। भावना प्रधान दिन छ। सकेसम्म एकअर्काप्रति समर्पित हुनु बुद्धिमानी हुनेछ। पद प्रतिष्ठामा अभिवृद्धि हुनेछ। आम्दानीका मार्गहरू सहज बन्ने छन्।
मिथुन- पारिवारिक वातावरण सुखमय रहनेछ। साथीसित भेटघाट गर्दै नयाँ योजना बनाउने समय छ। कहीं कतै भ्रमणमा निस्कने योगसमेत छ। सहकार्यको भावना विकसित हुनेछ।
कर्कट- उपहार वा धन प्राप्त हुने दिन छ। आफूभन्दा वरिष्ठ र हाकिमहरू खुशी हुनेछन्। कुनै काम फुत्काउनु छ भने प्रयास गर्नु होला। चाहेको व्यक्तिबाट कुनै नौलो कुरा सुन्न पाउँदा मन हर्षित हुनेछ।
सिंह- व्यवस्थापकीय कमी-कमजोरी हटाउन प्रयास गर्ने दिन छ। नयाँ कामको थालनी गर्न कामदार र सहयोगीको सुझाव लाभप्रद रहनेछ। मनमस्तिष्क हलुका र उत्साही बन्नेछ। कामको चापबाट फुर्सद पाइने छ।
कन्या- राखन-धरनप्रति सचेत हुने र तालचाबी बलियो बनाउनुपर्ने समय छ। घरमा नौलो मानिसको उपस्थिति छ भने सतर्कता अपनाउनु होला। आज कार्यशैलीमा परिवर्तन गरी नयाँ कुरो सिक्ने इच्छा जाग्नेछ। परिबन्द र बाध्यताका काममा रुमल्लिनुपर्ने हुन सक्छ।
तुला- आपसी समन्वय र आन्तरिक सुख बढ्ने समय छ। पार्टनरसँग सानोतिनो यात्राको कार्यक्रम बन्न सक्छ। उच्चकोटीको पारिवारिक सुख मिल्नेछ। आम्दानीको स्रोतमा बढोत्तरी हुने दिन छ।
वृश्चिक- करिअर र पेशाप्रतिको सोच सल्बलाउन सक्छ। लगनशीलता र परिश्रमका माध्यमबाट जस्तै समस्या भए पनि गहिराइमा पुग्न सकिने छ। आफ्ना लक्ष्य, रणनीति र योजनाहरू कार्यान्वयन गर्न आजको दिन अनुकूल देखिन्छ।
धनु- नयाँ जानकारी र समाचारहरू प्राप्त हुने छन्। कार्यस्थलमा विशेष भूमिका वहन गर्ने समय छ। हाँके-ताकेका काममा भाग्यले साथ दिनुका साथै डिजिटल माध्यमबाट पनि सम्पर्कको दायरा बढ्नेछ। अचानक परिस्थिति फेरिएर इच्छाएको जिम्मेवारी प्राप्त हुनेछ।
मकर- आफन्त वा मित्रवर्गमा विरोधाभास र मतभेद बढ्ने समय छ। बल प्रदर्शन गर्ने र तुजुक देखाउने काममा पछि हट्नु ठीक हुनेछ। सहयोगीको अनुपस्थितिले दैनिक कारोबारमा मन्दी छाउने समय छ। डुबेको वा गुमेको धन हातपार्न सक्नु हुनेछ।
कुम्भ- दाम्पत्य जीवन सुखमय रहनेछ। आज मिलनसार स्वभावको विकास हुनाका साथै ठूलाबडासँग सम्बन्ध बन्ने दिन छ। आम्दानीका दृष्टिले कमजोर समय छैन। पारिवारिक प्रयोजनमा केही समय खर्च हुन सक्छ।
मीन- शारीरिक थकान र बेचैनी बढ्ने समय छ। स-साना कुरामा चिन्ताग्रस्त भइने छ। कार्यक्षेत्रभन्दा बाहिरको जिम्मेवारीमा खट्नुपर्ने दिन छ। बेकारको तर्कबितर्कमा दिन बित्न सक्छ। सावधानी अपनाउनु होला।