• हाेमपेज
  • साउथ एसिया
  • लङरिड
  • देशभर
  • अन्य
    • दृष्टि/संवाद
    • हेल्थ
    • विश्व/भूराजनीति
    • विज्ञान/प्रविधि
    • खेलकुद
    • टिप्स
    • इलेक्सन वाच
    • सिनेमा/आर्ट्स
    • कल्चर/हेरिटेज
×
शनिबार, कार्तिक ०१, २०८३
    • हाेमपेज
    • साउथ एसिया
    • लङरिड
    • देशभर
    • अन्य
      • दृष्टि/संवाद
      • हेल्थ
      • विश्व/भूराजनीति
      • विज्ञान/प्रविधि
      • खेलकुद
      • टिप्स
      • इलेक्सन वाच
      • सिनेमा/आर्ट्स
      • कल्चर/हेरिटेज

भर्खरै

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

तातोपानी नाका तीन दिन खुल्ने

दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

भारतको गुजरातस्थित औषधि कारखानामा विस्फोट, पाँच जनाको मृत्यु

सैनिक मञ्च टुँडिखेलमा फूलपाती बढाइँ

लोकप्रिय समाचार

  • १. सुदुरपश्चिम प्रदेशका मुख्यमन्त्री बजेटलाई लिएर असन्तुष्ट

  • २. राशिफल : तुला- मातृधन लाभ, धनु- इच्छाशक्ति बढ्ने

  • ३. राशिफल : वृष- एक्लोपनको अनुभूति, सिंह- पदोन्‍नति

  • ४. राशिफल : कर्कट- धन लाभ, मीन- दाम्पत्य सुख

  • ५. राशिफल : मिथुन- आनन्द प्राप्ति, कुम्भ- पराक्रम वृद्धि

  • ६. राशिफल : वृश्‍चिक- शत्रु परास्त, धनु- लाभ

  • ७. राशिफल : कन्या- उपहार प्राप्ति, मकर- सिर्जनामा रुचि

  • ८. राशिफल : सिंह- विजय, कन्या- यात्रा

  • ९. झटारो : कालो चश्माको कमाल

  • १०. विश्‍व घटना : देश छाडेर भागे माडागास्करका राष्‍ट्रपति

एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य


    Avatar photo
शनिबार, कार्तिक ०१, २०८३ मा प्रकाशित

काठमाडौँ- अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) बाट मान्यता पाएसँगै नेपाल प्रिमियर लिग (एनपिएल) मा खेलाडीको योग्यता, भ्रष्टाचार नियन्त्रण र खेल सञ्चालनसम्बन्धी नियम कडा हुने भएका छन् ।

नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव पारस खड्काले आज कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट मैदानमा आयोजित पत्रकार सम्मेलनमा एनपिएल सञ्चालनका लागि आइसिसीको मापदण्डअनुसार आवश्यक व्यवस्था गरिने जानकारी दिनुभएको हो ।

प्रतियोगितामा सहभागी विदेशी खेलाडीले सम्बन्धित क्रिकेट बोर्डबाट नो अब्जेक्सन सर्टिफिकेट (एनओसी) लिनुपर्नेछ भने म्याच फिक्सिङ र स्पट फिक्सिङ नियन्त्रण गर्न आइसिसीको भ्रष्टाचारविरोधी आचारसंहिता लागू गरिने उहाँले बताउनुभयो ।

“फ्रेन्चाइज क्रिकेटमा हुन सक्ने अनियमितता रोक्न आइसिसीको एन्टी–करपशन युनिट (एसीयू) का नियमहरू कडाइका साथ लागू गरिनेछ । नेपालको कानुन र आइसिसीको आचारसंहिता दुवै यसमा लागू हुने हुँदा खेलाडी, टिमधनी तथा सबै सरोकारवालाहरूले थप जिम्मेवार र सतर्क हुनुपर्नेछ”, सचिव खड्काले भन्नुभयो ।

उहाँका अनुसार आइसिसीको प्रावधानअनुसार प्रतियोगिता सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा गैरकानुनी वा सम्बन्धित निकायबाट स्वीकृति नलिएको क्रिकेट प्रतियोगिता खेलेका खेलाडी एनपीएलमा सहभागी हुन पाउने छैनन् । अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिइसकेका विदेशी खेलाडीले समेत सम्बन्धित क्रिकेट बोर्डबाट एनओसी लिनुपर्ने व्यवस्था छ ।

“अन्तरराष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका विदेशी खेलाडीले एनपिएल खेल्नका लागि आ–आफ्नो देशको क्रिकेट बोर्डबाट अनिवार्य रूपमा एनओसी लिनुपर्नेछ । आइसिसी वा सम्बन्धित क्रिकेट बोर्डबाट स्वीकृति नलिएका प्रतियोगिताहरू एनपिएल सुरु हुनुभन्दा अघिल्लो छ महिनाको अवधिमा खेलेका खेलाडीहरू यसपटकको एनपिएलमा खेल्न योग्य हुने छैनन्”, सचिव खड्काले भन्नुभयो ।

यस प्रतियोगिताको तेस्रो संस्करण सकिएलगत्तै ६० दिनभित्र हामीले यसको समीक्षा प्रतिवेदन बुझाउनुपर्नेछ । विदेशी खेलाडीसम्बन्धी नियमः यसपटक प्रत्येक फ्रेन्चाइज टिमले कम्तीमा छ देखि बढीमा आठ जनासम्म विदेशी खेलाडी राख्न पाउनेछन् । खेलमा सहभागी हुने अन्तिम ११ खेलाडीमा सात नेपाली र चार विदेशी खेलाडी अनिवार्य समावेश गर्नुपर्नेछ ।

एनपिएलमा निर्णय पुनरावलोकन प्रणाली (डिआरएस) लागू गर्ने विषयमा तयारी अन्तिम चरणमा पुगेको सचिव खड्काले जानकारी दिनुभयो । यसबारे केही दिनभित्र औपचारिक निर्णय सार्वजनिक गरिने उहाँले जानकारी दिनुभयो ।

“एनपिएलमा डिआरएस लागू गर्ने विषयमा छलफल भइरहेको छ । यसबारेमा सोमबारसम्ममा औपचारिक जानकारी दिइनेछ”, सचिव खड्काले भन्नुभयो । क्यानले आगामी नोभेम्बर १९ देखि २१ सम्म काठमाडौँमा आइसिसी एसिया सम्मेलन आयोजना गर्नेभएको छ । सम्मेलनमा एसियाका टेस्ट तथा एसोसिएट राष्ट्रका क्रिकेट सङ्घका अध्यक्ष, सचिव र प्रमुख कार्यकारी अधिकृत सहभागी हुने सचिव खड्काले जानकारी दिनुभयो । उहाँका अनुसार सम्मेलनमा एसियाली क्रिकेटको नीतिगत विकासका विषयमा छलफल हुनेछ ।

शनिबार, कार्तिक ०१, २०८३ मा प्रकाशित
तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार

वीरगञ्जका मुख्य सडक विस्तार हुँदै
मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए
तातोपानी नाका तीन दिन खुल्ने
दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा
नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा
बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

भर्खरै

  • १.
    वीरगञ्जका मुख्य सडक विस्तार हुँदै

  • २.
    मतदाता नामावली अद्यावधिकः एक लाख ८७ हजार मतदाता थपिए

  • ३.
    तातोपानी नाका तीन दिन खुल्ने

  • ४.
    दाना–खुर्कोट प्रशारण लाइन मर्मत अन्तिम चरणमा

  • ५.
    एनपिएलमा विदेशी खेलाडीका लागि नयाँ मापदण्ड, एनओसी अनिवार्य

  • ६.
    नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

  • ७.
    बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

  • ८.
    भारतको गुजरातस्थित औषधि कारखानामा विस्फोट, पाँच जनाको मृत्यु

धर्मदेवी मिडिया प्रा. लि. द्वारा सञ्चालित

www.nepaliheadline.com

सूचना विभाग दर्ता नम्बर

२६७३/०७७-७८

प्रधान सम्पादक : उपेन्द्र पोखरेल

सह-सम्पादक : दीपक उपाध्याय नेपाल

संवाददाता : अस्मिता अधिकारी

प्रधान कार्यालय

गठ्ठाघर, भक्तपुर

विज्ञापनका लागि सम्पर्क
९८२०२२९३७६

Copyright ©2026 Nepaliheadline | All rights Reserved.
 Website By :  nwTech.