काठमाडौँ – ‘नेपाल आइडल सिजन २’ का विजेता गायक रवि ओडको स्वर रहेको गीत ‘ओई मेरी रामप्यारी’ सार्वजनिक भएको छ ।
Advertisement
गीतमा हर्क साउँदको शब्द र एसडी योगीको संगीत रहेको छ ।
गितको भिडियोमा अभिनेता सुशान्त कार्की र लोसिना लामिछानेको अभिनय छ । उनले करिब एक दर्जन फिल्म अभिनय गरेका छन् ।
भिडियोमा शिवराम श्रेष्ठको छायांकन, नविन निरौलाको सम्पादन र प्रमोदकुमार भण्डारीको कोरियोग्राफी र निर्देशन रहेको छ ।