मेष- कार्य सम्पादनमा ढिलाइ हुनेछ। अनावश्यक धन खर्च हुनेछ। साथीभाइको राम्रो सहयोग मिल्नेछ।
वृष- राजनीतिक कार्यमा सफलता मिल्नेछ। व्यवसायबाट राम्रो आम्दानी हुनेछ। प्रेम सम्बन्धमा चिसोपन आउनसक्छ।
मिथुन- शुभकार्यको चर्चा चल्नेछ। सेयर बजारबाट राम्रै सफलता पाइनेछ। नयाँ कामको थालनी हुनेछ।
कर्कट- पद प्रतिष्ठा बढ्नेछ। लगनशीलताले राम्रै उपलब्धी हात लाग्नेछ। घर, जग्गाबाट लाभ मिल्नेछ।
सिंह- गोपनीयतामा ध्यान पुर्याउनुहोला। झिनामसिना व्यवधान आइलाग्ने छन्। मानसिक चिन्ता बढ्न सक्छ।
कन्या- शुभ कार्यको योजना बन्नेछ। आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ। नयाँ ठाउँमा रमाइलो यात्रा हुनेछ।
तुला- ठीक समयमा सही निर्णय लिन सकिनेछ। सेयर कारोबारबाट फाइदा हुनेछ। जथाभावी हिँडडुल नगर्दा राम्रो।
वृश्चिक- पदोन्नतिको ढोका खोलिन सक्छ। स्वास्थ्यमा सुधार हुनेछ। जिद्दीपनाले गर्दा काम बिग्रने डर छ।
धनु- टाढाको यात्रा हुनसक्छ। अनावश्यक घुमफिर नगरेकै राम्रो हुनेछ। नयाँ योजना कार्यान्वयनमा ल्याउन मुस्किल पर्ला।
मकर- विशिष्ट व्यक्तिसँगको भेटघाटले मन प्रसन्न हुनेछ। स्वास्थ्य प्रतिकूल हुनेछ। आर्थिक पक्ष कमजोर हुनेछ।
कुम्भ- आर्थिक लाभ हुनेछ। मित्रहरूबाट सहयोग जुट्नेछ। राजनीतिक र सामाजिक कामबाट सफलता पाइनेछ।
मीन- मित्रहरूबाट सहयोग जुट्नेछ। रोकिएको कामले गति लिनसक्छ। कार्यमा अवरोधका साथै स्वास्थ्य प्रतिकूल रहन सक्छ।