काठमाडौँ – चलचित्र ‘प्रेमा’को गीत ‘फूल यो चुँडेर’ सार्वजनिक भएको छ । चलचित्र आगामी चैत १७ गतेबाट रिलिज हुँदैछ ।
गीतमा फिल्मका प्रमुख तीन कलाकार शुभेक्षा खड्का, सृष्टि श्रेष्ठ र अरुण क्षेत्रीलाई देख्न सकिन्छ । फिल्ममा शुभेक्षाले शीर्ष चरित्र ‘प्रेमा’को भूमिका निर्वाह गरेको छ । गीतमा एसडी योगीको स्वर, सबिन एकतारेको शब्द र सुशान्त गौतमको सङ्गीत छ ।
गोविन्द सिंह भण्डारीको लेखन तथा निर्देशन रहेको फिल्म बाघठाटा फिल्म फ्याक्ट्रीको ब्यानरमा निर्माण गरिएको हो । त्रिकोणात्मक प्रेमकथामा आधारित फिल्मलाई गोविन्द सिंह भण्डारी र विवेक घिमिरेले निर्माण गरेको निर्देशक भण्डारीले बताए ।
सामर्थविक्रम थापाको कार्यकारी निर्माण रहेको फिल्ममा सुशान्त गौतमको सङ्गीत, सुशान्त, सबिन एकतारे र अनिल शर्माको गीत, चन्द्र भट्टराईको प्रमुख सहायक निर्देशन, अमित श्रेष्ठको व्याकग्राउण्ड स्कोर, शैफुद्दीन कादर मोहम्मदको क्रिएटिभ हेड, कृष्ण भण्डारीको सम्पादन छ ।