काठमाडौँ – उत्कृष्ट सञ्चार–कौशल भएका टोस्टमास्टर क्लबले ‘कम्युनिकेटर अवार्ड’ यो वर्ष अभिनेता राजेश हमाललाई प्रदान गरिएको छ ।
नेपालको ४ वटा डिभिजनहरुको टोस्टमास्टर्स इन्टरनेसनल डिस्ट्रिक्ट ४१ ले आयोजना गरिएको वार्षिक सम्मेलन ‘साइटेसन २०२३’ मा सो अवार्ड प्रदान गरिएको हो ।
गत शनिबार आयोजित उक्त सम्मेलनमा नेपालका कर्पोरेसन, व्यावसायिक संस्था र अन्य समुदायका ६० भन्दा बढी टोस्टमास्टर्स क्लबबाट करिब ४ सय सदस्य सहभागी भएका थिए ।
डिस्ट्रिक्ट ४१ का डिस्ट्रिक्ट डिरेक्टर अंकुर यादव डिटिएम, डिस्ट्रिक्ट ४१ का प्रोग्राम क्वालिटी डिरेक्टर सुमन शाक्य डिटिएम, डिस्ट्रिक्ट ४१ का क्लब ग्रोथ डिरेक्टर मुन प्रधान डिटिएमले संयुक्त रुपमा अभिनेता राजेश हमाललाई उक्त अवार्ड प्रदान गरिएको हो ।
नेपालका दुई वरिष्ठ टोस्टमास्टरहरू सुमन शाक्य डीटीएम र मुन प्रधान डीटीएमले क्रमशः प्रोग्राम क्वालिटी डिरेक्टर र क्लब ग्रोथ डिरेक्टरको रूपमा ट्रायो मेम्बरको रूपमा डिस्ट्रिक्ट ४१ मा सेवा प्रदान गरिरहेका छन् ।