मेष- शैक्षिक सुधार हुनेछ। धनलाभ हुनेछ। टाढिएका आफन्तसँग भेटघाट हुनेछ।
वृष- मानसिक चिन्ता बढ्नेछ। चोटपटकको भय छ, सचेत रहनुहोला। आजको दिन मध्यम छ।
मिथुन- नयाँ कार्यको अवसर मिल्नेछ। व्यावसायिक काम अघि बढ्नेछ। दैनिक कार्यमा प्रगति हुनेछ।
कर्कट- आफन्तजनसँग भेटघाट हुनेछ। रमाइलो यात्रा हुनेछ। स्वास्थ्य समस्या देखिन सक्छ।
सिंह- अरूको हित हुने काममा व्यस्त रहनेछ। व्यावसायिक फाइदा हुनेछ। मिष्ठान्न भोजन मिल्नेछ।
कन्या- धनलाभ हुनेछ। नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ। आफन्त र साथीभाइको सहयोग मिल्नेछ।
तुला- समाजसेवामा मन लाग्नेछ। पठनपाठनमा प्रगति हुनेछ। दाम्पत्य जीवन सुखद रहनेछ।
वृश्चिक- रोकिएका काम बन्नेछन्। नसोचेको ठाउँबाट धन प्राप्त हुनेछ। लगानीअनुसार फाइदा मिल्नेछ।
धनु- आँटेको काम बन्नेछ। आर्थिक कारोबारमा समस्या आइपर्ला। भीडभाडमा यात्रा गर्दा सावधानी अपनाउनुहोला, सामान हराउन सक्छ।
मकर- विपरीत वर्गप्रति आकर्षण बढ्नेछ। कला, साहित्यमा रुचि बढ्नेछ। सरकारी काममा सफलता मिल्नेछ।
कुम्भ- चिताएको कामले तीव्रता लिनेछ। आम्दानीका स्रोतहरू बढ्नेछन्। दाम्पत्य जीवनमा मनमुटाव बढ्न सक्छ।
मीन- सोचेको काम बन्न मुश्किल पर्नेछ। आफन्तसँग झैझगडा र मनमुटाव हुन सक्छ। कुनै निर्णय लिनुअघि विचार गर्नुहोला।